केपी ओलीले गरे मन्त्रीपरिषद विस्तार, कानुनमन्त्रीमा भानुभक्त ढकाल, भूमिसुधार मन्त्री पद्मा अर्याल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले मन्त्री परिषद विस्तार गरेका छन् । कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।यसैगरी भूमिसुधार मन्त्रीमा पद्मा अर्याललाई नियुक्त गरिएको छ ।  नवनियुक्त मन्त्रीलाई ४ बजे सपथ खुवाउने कार्यक्रम रहेको छ  ।

यसअघि मन्त्री हुनेमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महान्यधिवक्ता अग्नि खरेल, , कृष्णभक्त पोखरेल, विरोध खतिवडालगायतको चर्चामा आएका थिए ।

सरकारको बचाउ गर्ने सन्दर्भमा भुतले खाजा खाने बेलामा दिएको एक अभिव्यक्तिलाई अनावश्यक ढंगले राजनीतिकरण गरिएपछि कानुमन्त्री शेरबहादुर तामाङ राजीनामा दिएका थिए ।

मेडिकल शिक्षाका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादर तामाङले राजीनामा दिएको लामो समय हुँदा पनि उनको राजीनामा स्विकृत गर्ने र अर्को मन्त्री नियुक्ती गर्ने काम भएको थिएन ।

स्रोतका अनुसार अहिले जनजातीको ठाँउमा जनजाती नै हुनुपर्छ भन्दै वसन्त नेम्वाङ र लीलानाथ श्रेष्ठमध्ये एकलाई ल्याउनुपर्ने लविङ समेत सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...