केपी ओलीले गरे मन्त्रीपरिषद विस्तार, कानुनमन्त्रीमा भानुभक्त ढकाल, भूमिसुधार मन्त्री पद्मा अर्याल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले मन्त्री परिषद विस्तार गरेका छन् । कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् ।यसैगरी भूमिसुधार मन्त्रीमा पद्मा अर्याललाई नियुक्त गरिएको छ ।  नवनियुक्त मन्त्रीलाई ४ बजे सपथ खुवाउने कार्यक्रम रहेको छ  ।

यसअघि मन्त्री हुनेमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, महान्यधिवक्ता अग्नि खरेल, , कृष्णभक्त पोखरेल, विरोध खतिवडालगायतको चर्चामा आएका थिए ।

सरकारको बचाउ गर्ने सन्दर्भमा भुतले खाजा खाने बेलामा दिएको एक अभिव्यक्तिलाई अनावश्यक ढंगले राजनीतिकरण गरिएपछि कानुमन्त्री शेरबहादुर तामाङ राजीनामा दिएका थिए ।

मेडिकल शिक्षाका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादर तामाङले राजीनामा दिएको लामो समय हुँदा पनि उनको राजीनामा स्विकृत गर्ने र अर्को मन्त्री नियुक्ती गर्ने काम भएको थिएन ।

स्रोतका अनुसार अहिले जनजातीको ठाँउमा जनजाती नै हुनुपर्छ भन्दै वसन्त नेम्वाङ र लीलानाथ श्रेष्ठमध्ये एकलाई ल्याउनुपर्ने लविङ समेत सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...