कानुनको धज्जी उडाउदै चौधरी ग्रुप, अनुमति बिनै कक्षा सञ्चालन, बियर उद्योग र बिद्यालय एउटै घरमा



 

उद्योगपति बिनोद चौधरीले कानुनको धज्जी उडाउदै नवलपरासीको देबचुलिमा गुरुकुल स्कुल सञ्चालन गरेको तथ्य खुलेको छ । चौधरी अध्यक्ष रहेको सिजी शाश्वत धाममार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती भन्दा माथिल्लो कक्षासमेत सञ्चालन गरेको पाइएको हो ।

 

प्रतिनिधिसभा सदस्यसमेत रहेका उद्योगपति चौधरीले यसरी कानुनको धज्जी उडाउदै पहुँचको आधारमा अनुमतिबिनै माथिल्लो कक्षा सञ्चालन गरेको र बियर उद्योगसँगै बिद्यालय खोलेको स्थानीयबासीले बताए । बिद्यालय क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा समेत लिने गरिएको भएपनि नेपालका अर्बपती ब्यापारी चौधरीले आफ्नो बियर कम्पनीसँगै यसरी बिद्यालय खोल्नु कानुनबिपरीत रहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए ।

 

उनले भने, ‘बियर उद्योगले बिद्यार्थीहरुमा गम्भीर नकारात्मक असर पार्छ, त्यस्तो काम कानुन बिपरीत छ ।’ सो गुरुकुल स्कूलले कक्षा ८ को पढाई गरिरहेको भएपनि कक्षा ७ सम्म मात्र अनुमती लिएको पाइएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख पोख्रेलका अनुसार सिजी शाश्वत धाममार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कक्षा ६ र ७ को मात्र अनुमती लिएको छ ।

 

‘कक्षा ६ र ७ भन्दा माथिल्लो कक्षा सञ्चालन गर्न पाउँदैन,’ पोख्रेलले भने । यता वैदिक कर्मकाण्ड गुरुकुलले भने कक्षा ६ देखि ८ कक्षासम्म बिद्यार्थिहरुलाई अध्यापन गराउने गरेको सिजी शाश्वत धामका प्रबन्धक रामचन्द्र धितालले बताए । उनका अनुसार आफुहरुले कक्षा ८ सञ्चालनको लागि जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा ईकाइमा निबेदन दिएको र उक्त्त शिक्षा शाखाका अधिकृतहरुले मौखिक रुपमा सञ्चालन गर्न भनेकाले कक्षा ८ पनि सञ्चालन गरिएको हो । तर जिल्ला शिक्षा ईकाइ नवलपुरका प्रमुख कृष्ण पोख्रेलका मौखिक अनुमतीले कुनै पनि कक्षा सञ्चालन गर्न नपाउने बताउँछन ।

 

उनले जिल्ला शिक्षा कार्यालय वा नगर शिक्षा कार्यालयले दिएको अनुमती बेगर कुनै अन्य कक्षा सञ्चालन गर्न नपाउने बताए । देबचुलि नगरपालिका नगर शिक्षा अधिकृत मोतीप्रसाद रिजाल पनि निवेदन आएपनि स्वीकृती नदिएको बताएछन । सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले पहिले कक्षा ६ र ७ कक्षा जिल्ला शिक्षाबाट अनुमती पाएको र अहिले कक्षा ८ सञ्चालनको लागि नगरशिक्षा कार्यालय देबचुलिमा निबेदन दिएको उनले बताए ।

 

‘पहिले कसले अनुमती दिएको हो त्यो हामीलाई थाहा भएन, तर अब त्यस क्षेत्रको भौतिक, सामाजिक र अन्य शिक्षाको बिधि पुगे मात्र अनुमती दिइन्छ,’ अधिकृत रिजालको भनाई उधृत गर्दै पत्रकार भबिश्वर पाण्डेले भने । अहिले सो गुरुकुलमा ब्यावहारिक रुपमा हेर्दा जुन ठाँउमा पढाई भएको छ, सो स्थान पठनपाठनको लागि उपयुक्त्त नभएको नगर शिक्षा प्रमुख रिजालको भनाई छ ।

 

सिजी शाश्वत धामका सिइओ नारायण श्रेष्ठ भने आफूहरुले कानून नमिचेको दावी गर्छन । सिजी शाश्वत धाममार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कुनै पनि कानुन बिपरीतको कार्य गरेको छैन,’ उनले भने । उनले कुनै आर्थिक लाभको लागि गुरुकुल नखोलिएको भन्दै कानुनबिपरीत कार्य नगरेको जनाएका हुन । ‘सिजी शाश्वत धाम र वैदिक कर्मकाण्ड गुरुकुल स्कुल नाफारहित संस्था भएको कारण यो कानुन पुग्यो, त्यो कानुन पुगेन भन्नुको अर्थ छैन,’ सइओ श्रेष्ठको भनाई छ ।

 

अझ देबचुलि नगरपालिकालाई आउदो भदौ २९ गते बाल मैत्री नगरपालिका घोषण गर्ने तयारी छ । स्थानीयबासी बसन्त पोख्रेलले सिजी शाश्वत धाममार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलमा हुने पढाई बाल मौत्री नभएको कारणले पनि देबचुलि नगरपालिकालाई बाल मौत्री नगर घोषण गर्न समस्या हुने बताउँछन । नवलपरासी बर्दघाट सुस्ता पूर्बका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बुधवार मात्रै जिल्ला शिक्षा ईकाइ कार्यालय स्थापना भएको र यस बिषयमा पहिले पनि कुरा आएकोले तत्कालै अनुगमन गर्ने बताए ।

उनले सबै ब्यक्ति, संस्था कानुनको दायरामा रहनु पर्ने भन्दै तत्काल शिक्षा ईकाइमार्फत गुरुकुलको अनुगमन गर्ने बताएको आजकोसौर्य दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति