पेशा ढाँट्दै ठगी गर्ने सिटौला यसरीपरे प्रहरीकको फन्दामा



हाम्रो इकोनोमि

 

 

ग्राहक अनुसार फरक फरक नक्कली परिचय दिएर ठगी गर्ने नुवाकोटका एक ब्यक्ती पक्राउ परेका छन् । नुवाकोटको पन्चकन्याका ४८ वर्षका हरिप्रसाद सिटौलाले कसैलाई चिकित्सक र कसैलाई दूतावासको कर्मचारी हुँ भन्दै ठगेपछि प्रहरीले पक्राउ गरेको हो ।

 

दूतावासको कर्मचारी हुँ भन्दै विभिन्न देश पठाउने र चिकित्सक हुँ भन्दै अस्पतालमा जागिर लगाइदिने बहानामा ठगी गर्दै आएका थिए । उनले सुबास सिटौला, डा। सुरेश उप्रेती र पिताम्बर शर्मा लगायत नाम बताउने गरेका थिए।

 

ठाउँ अनुसार उनी भारत, पाकिस्तान,जापान,अमेरिका,अस्ट्रेलिया लगायत देशको दुतावास कर्मचारी भएको बताउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

 

कसैलाई टिचिङ अस्पतालको हार्ड जोर्नी डाक्टर , कसैलाई भरतपुर क्यान्सर अस्पतालको डाक्टर बताउने सिटौलालाई महाशाखाले ठगी मुद्धामा अनुसन्धान अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस
केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...