ओली र प्रचण्डको विशेष सर्कुलर : भदौ ५ भित्र एकीकरण सक्नू , कसले पाए कुन जिम्मेवारी ?



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गरिसक्न सबै कार्यदललाई निर्देशन दिएको छ ।

 

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ ५ को डेडलाइन तोकेका हुन् । लगत्तै महासचिव विष्णु पौडेलले विशेष परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् ।

 

यसअघि जेठ १६ गते जारी गरिएको विशेष सुर्कुलरमा १५ दिनभित्र एकीकरणको प्रतिवेदन बुझाउन भनिए पनि दुई महिनासम्म कुनै पनि कार्यदलले काम सकेन ।

 

बिहीबार जारी भएको सर्कुलरमा तिथिमिति तोकेर एकीकरणको का सम्पन्न गर्न निर्देशन दिइएको छ । जसअनुसार भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण सम्पन्न गरिसक्नुपर्नेछ । भदौ १५ गतेभित्र जनवर्गीय संगठजनका केन्द्रीय कमिटीको एकीकरण गरी पहिलो बैठक बस्नुपर्नेछ ।

 

एकीकरणबाट गठन हुने जनवर्गीय संगठनका केन्द्रीय कमिटीमा संयोजक र आवश्यकताअनुसार सहसंयोजकहरु रहने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।

 

भूगोलका ७७ जिल्ला कमिटी बाहेक काठमाडौं उपत्यकामा युवा, विद्यार्थी, मजदुर, पेशागत र उद्योग व्यवसायीको अलग्गै जिल्ला कमिटी गठन गर्न कार्यदल गठन भएको छ । यसका साथै अन्य कमिटीहरु एकीकरणका लागि पनि कार्यदल बनेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...