परराष्ट्र मन्त्री ज्ञवालीलाई बोल्न दिएको भन्दै कांग्रेस सांसदले गरे संसद बहिस्कार



हाम्रो इकोनोमि

 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कार्यसूची विपरित बोल्ने समय दिएको भन्दै नेपाली कांग्रेसले संसद बैठक बीचमै बहिस्कार गरेका छन्।

 

गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै प्रश्नोत्तर गर्न उनीहरुले माग गरेका थिए। तर सभामुखले परराष्ट्रमन्त्री ज्ञवालीलाई समय उपलब्ध गराएका थिए। ज्ञवालीले आफ्नो विदेश भ्रमणबारेमा सदनलाई जानकारी गराएसँगै सभामुख कृष्णबहादुर महराले उठिरहेका कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेका थिए। उनले अर्को दिन प्रश्न गर्ने समय दिने भन्दै आज बसेर संसदको कारबाही अगाडि बढाउनको लागि सहयोग गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरुले अस्वीकार गरे।

 

उता सभामुखले भने संसद बैठक अगाडि बढाइरहे। उनले प्रतिनिधिसभाको विषयगत समितिमा रहने सांसदहरुको नाम पढेर सुनाए। यतिबेला पनि कांग्रेस सांसदहरु भने आफ्नो स्थानबाट उठिरहेका थिए।

 

सभामुखले पुन बस्न आग्रह गर्दै अर्थमन्त्री युवराज खतिवडालाई विमा विधेयक पेश गर्न आग्रह गरे।

 

आफूहरुलाई समय नदिएको र एकोहोरो सदन सञ्चालन गरिरहेको भन्दै कांग्रेस सांसदहरु बैठक छाडेर बाहिरिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...