परराष्ट्र मन्त्री ज्ञवालीलाई बोल्न दिएको भन्दै कांग्रेस सांसदले गरे संसद बहिस्कार



हाम्रो इकोनोमि

 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कार्यसूची विपरित बोल्ने समय दिएको भन्दै नेपाली कांग्रेसले संसद बैठक बीचमै बहिस्कार गरेका छन्।

 

गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै प्रश्नोत्तर गर्न उनीहरुले माग गरेका थिए। तर सभामुखले परराष्ट्रमन्त्री ज्ञवालीलाई समय उपलब्ध गराएका थिए। ज्ञवालीले आफ्नो विदेश भ्रमणबारेमा सदनलाई जानकारी गराएसँगै सभामुख कृष्णबहादुर महराले उठिरहेका कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेका थिए। उनले अर्को दिन प्रश्न गर्ने समय दिने भन्दै आज बसेर संसदको कारबाही अगाडि बढाउनको लागि सहयोग गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरुले अस्वीकार गरे।

 

उता सभामुखले भने संसद बैठक अगाडि बढाइरहे। उनले प्रतिनिधिसभाको विषयगत समितिमा रहने सांसदहरुको नाम पढेर सुनाए। यतिबेला पनि कांग्रेस सांसदहरु भने आफ्नो स्थानबाट उठिरहेका थिए।

 

सभामुखले पुन बस्न आग्रह गर्दै अर्थमन्त्री युवराज खतिवडालाई विमा विधेयक पेश गर्न आग्रह गरे।

 

आफूहरुलाई समय नदिएको र एकोहोरो सदन सञ्चालन गरिरहेको भन्दै कांग्रेस सांसदहरु बैठक छाडेर बाहिरिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...