संसदमै गुञ्जियो बलात्कारीलाई फाँसी दिनुपर्ने यस्तो नारा, बन्ला त कानुन



हाम्रो इकोनोमि

 

देशमा केही समययता बढिरहेका बलात्कारका घटनालाई लिएर सांसदहरुले संसद बैठकमा चर्कोरुपमा कुरा उठाएका छन् । बलात्कार र हत्याका घटना रोक्न अब मृत्युदण्डको विकल्प नरहेको बताउँदै सांसदहरुले तत्काल कानुन निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।

 

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले फाँसी र मृत्युदण्डको व्यवस्था गर्न माग गरेका हुन् । बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद यज्ञराज सुनुवारले बलात्कारीलाई फाँसी हुनुपर्ने आवाज सडकमा उठिसकेकाले अब सदन पनि गम्भीर हुनुपर्ने बताए ।

 

‘सडकमा बलात्कारीलाई फाँसी दिऊँ भन्ने आवाज उठिसकेको छ, बालिकामाथिको अपराध पनि झन् बढ्दो छ’, सुनुवारले भने, ‘अब त्यसो नगरी हुँदैन, कडा भन्दा कडा सजायको व्यवस्था हुनैपर्छ ।’

 

त्यसैगरी अर्की सांसद मिना सुब्बाले पनि बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्ने माग गरिन् । ‘म पनि एउटी आमा हुँ, बालिकामाथि बलात्कारपछि भएको हत्याको घटनाले मेरो मन रोएको छ’, उनले भनिन्, ‘कन्चनपुरमा १३ वर्षीया बालिका बलात्कारपछि हत्या भएको छ, अर्कातिर काभ्रेमा ९ वर्षकी बालिकाको पनि बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध बनाएको छ ।’

 

त्यसैगरी विशेष समयमा बोल्ने सांसदहरुले पनि बलात्कारका घटना बढ्दै गएको भन्दै दोषी ठहरिएकाहरुलाई मृत्युदण्डसम्मको सजाय दिन माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...