कांग्रेसले सरकार विरोधि गतिविधि गर्दा कमल थापालाई परेन मन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवै पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न आग्रह गरेका छन्।

बिहीबार विराटनगरमा पार्टीको महानगरपालिकाको कार्यालय उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले कांग्रेसका कारण संसद र न्यायपालिका बन्धकमा परेको आरोप लगाए। उनले भने, ‘संसद र न्यायपालिका एक पार्टीका कारण बन्धकमा पर्नु हुँदैन, यसतर्फ सबै सचेत हुनुपर्छ।’

 

अध्यक्ष थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताए। सरकार बनेको धेरै समय नभएका कारण सरकारको मूल्यांकन गर्ने समय भइनसकेको उनको भनाइ थियो।

 

अध्यक्ष थापाले जनदबाब सिर्जना गर्न र सडकमा संघर्ष गर्ने अवस्था आउन नदिनेतर्फ सरकार गम्भीर हुनुपर्ने बताए। उनले संसद्मा अवरोध र सडक संघर्ष गरेर मात्रै मुलुकको समस्या समाधान नहुने भन्दै त्यसको विकल्प सोच्नका लागि आग्रह समेत गरे।

 

उनले राप्रपा पनि संघीय संरचनाअनुरुप अघि बढ्ने भन्दै हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र हाम्रो पार्टीको उच्च प्राथमिकता भएको बताए।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...