छ वर्षपछि १०-२० लाख पर्यटक रेलबाटै आउँछन्ः अर्थमन्त्री, ५ बर्षमा नागढुंगा देखि धुलिखेलसम्म रेल रेल चल्ने



हाम्रो इकोनोमि

 

अर्थमन्त्री डा. युवराज खतिवडाले अबको छ वर्षपछि नेपालमा रेलबाट १०-२० लाख पर्यटक नेपाल आउन सक्ने बताएका छन् ।

पर्यटन मन्त्रालयले बिहीबार आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा उनले पर्यटन पवर्द्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘३०, ४०, ५० किलोमिटरका रेल्वे स्टेशन बनाउन सकिन्छ,’ उनले भने, ‘जस्तै हामीले नागढुंगा-धुलिखेलको योजना अघि बढाएका छौं ।’

खतिवडाले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्राउन सकिने बताए । ‘अबको १० वर्षमा ५० लाख पर्यटक ल्याउन गाह्रो छैन तर त्यसका लागि केही काम गर्नुपर्ने छ ।’

त्यसकालागि क्षेत्रिय विमानस्थल बढाउनुपर्ने र फ्लाइट दोब्बर गर्नुपर्ने बताउँदै उनले भने, ‘कम्तिमा एक सय फ्लाइट चाहिने मैले देखेको छु ।’

नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्ने र होटेल पनि थप्नुपर्ने बताउँदै उनले होटेल खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...