सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि, यस्तो भो बबाल



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाई गरिरहेको संसदीय सुनुवाई समितिकी एक सदस्य निरुदेवी पाललाई सोमबार बेलुका नयाँ बानेश्वरमा समितिको बैठकमा नजान दबाब दिँदै अज्ञात व्यक्तिले पेस्तोल तेर्स्याएपछि सबै सदस्यहरुलाई मंगलबार निजी सुरक्षा अधिकारी (पीएसओ) पठाइएको छ।

 

पाल दूध किन्न सोमबार बेलुका ८ बजेतिर घरबाहिर निस्केका बेला उनलाई अज्ञात व्यक्तिले बैठकमा नजान दबाब दिँँदै पेस्तोल तेर्स्याएको स्रोतले जानकारी दिएको छ।

 

पालले सुरक्षा खतराबारे समितिका अध्यक्ष लक्ष्मणलाल कर्णलाई जानकारी गराएपछि उनले सभामुखलाई जानकारी गराएको स्रोतले देशसञ्चारलाई जानकारी दियो। ती पेस्तोलधारीले आफ्नो मोबाइलसमेत लुटेर लगेको पालले जानकारी गराएकी थिइन्।

 

सभामुखले यसबारे गृहमन्त्रीलाई जानकारी गराएपछि उनले सुनुवाई समितिका सबै १५ सदस्यहरुलाई पीएसओ पठाउन निर्देशन दिएका थिए।

 

यसअघि नै पीएसओ लिइरहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका अतिरिक्त अन्य सदस्यहरुले पीएसओ लिन सुरु गरेको जानकारी नेकपाका नेता तथा सुनुवाई समितिका सदस्य योगेश भट्टराईले देशसञ्चारलाई दिए।

‘मेरो पीएसओ आज बिहान (बुधबार) आइपुगेका छन्,’ उनले जानकारी दिए।देश सञ्चारले जनाएको छ ।

सुनुवाई समितिको बुधबार साढे तीनबजेका लागि निर्धारित बैठक एक घन्टापछि साढे चार बजे बल्ल सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...