प्रधानमन्त्री र कामुप्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल, सहमति भएको खुलासा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली र कामुप्रधानन्यायाधीश दीपकराज जोशीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्री र कामुप्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल भएको छ । दुईजानाबिच सहमति भएको स्रोतको दाबी छ ।

बुधबार बिहान ओली र जोशीबीच छलफल भएको हो । छलफलमा दुवै जना गम्भीर रुपले प्रस्तुत भएको बुझिएको छ । प्रधानमन्त्री ओली र कामुप्रधानन्यायाधीश जोशी दवावमा रहेका छन् ।

 

विशेषगरी संचारमाध्यममा आएका समाचारले दुवैलाई झस्काएको छ । ओलीले बोलीमा ठेगान लगाउन नसक्दा जोशीले राजीनामा दिनुपर्ने भन्दै आलोचना खेप्दै आएका छन् ।

 

प्रस्तावित प्रधानन्यायाधीश जोशीको संसदीय सुनुवाई विशेष समितिमा सुनुवाई हुँदै गर्दा प्रधानमन्त्री र उनको पार्टीका केही नेताले जोशीलाई राजीनामा गरे हुन्छ भनेको कुराबारे जोशीले कुरा उठाएका छन् ।

 

त्यसैगरी संचारमाध्यममा जोशीको शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर उनीमाथि पनि नैतिक दवाव रहेको छ । जोशीले गरेका फैसलालाई लिएरसमेत टिप्पणी भएको छ ।

 

संचारमाध्यममा आएका यिनै विषयले गर्दा कसरी मध्यमार्गीबाट अगाडि बढ्न सकिन्छ भनी ओली र जोशीबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

 

जोशीको सुनुवाई गत बिहिबार भए पनि त्यसको निष्कर्ष अहिलेसम्म आएको छैन । संसदीय सुनुवाई समितिको बैठक स्थगित हुँदै आएको छ । बैठक बुधबार दिउँसो ३ बजेलाई डाकिएको छ ।

 

त्यसअघि नै निचोडमा पुग्नका लागि ओलीलाई दवाव बढेको छ । आफैले प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने अनि आफैले राजीनामा दिन सार्वजनिक कार्यक्रममा भनेपछि उनको द्धैध चरित्र स्पष्ट भएको भन्दै आलोचना भइरहेको छ ।

 

जोशीलाई प्रन्या नबनाउने हो भने नैतिकताका आधारमा ओलीले पनि राजीनामा दिनुपर्छ भनी सामाजिक संजालहरुमा दवाव सिर्जना गर्न थालिएपछि  ओली संयमित भएको बुझिन्छ ।

 

सुनुवाई समितिमा भएका १५ सदस्यमध्ये १० जना सत्ताधारी दलका सांसद भए पनि उनीहरु हाइकमाण्डकै इशारा कुरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...