बुहारीको मन्त्रालयमा पिएको यस्तो छ रवाफ, भनेको नमाने कुटने सम्मको धम्की



हाम्रो इकोनोमि

 

खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी विना मगरले सम्हालिरहेकी छिन् । नाताले नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी विनाको ‘पर्फरमेन्स’ पनि अन्य मन्त्रीको जस्तै औषत मात्रै छ ।

 

यस्तो बेला उनका सहयोगीहरूले उनलाई सफल बनाउने गरी सोच्नु पर्ने हो । आवश्यक सुझाव र योजना ल्याएर सघाउनु पर्ने हो । तर उनले विश्वास गरेर सचिवालयमा भित्र्याएकाहरूको कार्यशैली उनलाई सघाउनेमा भन्दा पनि  कसरी मौकाको फाइदा उठाउने र के गर्दा कमिशन आउछ भन्नेतिर बढी केन्द्रित देखिएको खबर छ । सचिवालयकै यस्तो भद्रगोल पारा देखेपछि कतिपयले मन्त्रीको छवि धुमिल हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

 

मन्त्री मगरको स्वकीय सचिवको भूमिकामा रमेश भट्ट रहेका छन् । गृह जिल्ला कञ्चनपुरका भट्टलाई मन्त्री मगरले विश्वास गरेर स्वकीय सचिवमा नियुक्ति गरेकी छिन् । तर उनको भूमिकामाथि नै कर्मचारीले प्रश्न उठाउन थालेका छन् । उनले देश र जनताको हितमा भन्दा पनि व्यक्तिगत फाइदाका विषयमा जोड दिएको भन्दै कर्मचारीहरू उनीप्रति सशंकित हुन थालेका छन् ।

 

विज्ञापन र गाडीमा आँखा 
सर्वहारा वर्गका लागि राजनीति गरेको बताउने पार्टीको स्कुलिङबाट हुर्केका  भट्टले मन्त्रालयका विभिन्न योजनादेखि विज्ञापनसम्मका काममा चासो दिन थालेका छन् । उनले खरिददेखि विज्ञापन छपाइसम्मका काम आफूनिकटकालाई दिन उर्दी नै गर्न थालेको मन्त्रालयका एकजना उपसचिवले बताए । भट्टले उनले भनेको काम गर्न शुरुमै धम्कीको भाषा प्रयोग गर्ने गरेको गुनासो पनि छ ।

 

विनाको स्वकीय सचिव बनेपछि भट्टको रवाफ कतिसम्म बढेको छ भने उनले फेरि फेरि गाडी चढ्न थालेका छन् । आफ्नो सोख पूरा गर्न उनले कर्मचारीहरूलाई दबाव नै दिने गरेको बताइन्छ । सुविधा सम्पन्न गाडी माग्ने र छैन भन्नेबित्तिकै धम्क्याउने गरेको गुनासो मन्त्रालयका एक कर्मचारीले साँघुसँग गुनासो गरे । स्वकीय सचिव भट्टको यस्तो हर्कतले सीमा नाघेपछि कर्मचारीहरू आतंकित नै बन्न पुगेका छन् ।

 

कार्यकर्ता आगो 
कर्मचारी वृत्तमा आतंक मच्चाएका भट्टसँग नेकपाका नेता–कार्यकर्तासमेत खुसी छैनन् । मन्त्री मगरलाई भेट्न पुग्ने नेता–कार्यकर्तालाई उनले रुखो व्यवहार देखाउन थालेपछि नेता–कार्यकर्तासमेत रुष्ट बन्न पुगेका हुन् । नेकपा कैलालीका एक कार्यकर्ताका अनुसार उनले अनेक बाहना बनाउँदै मन्त्री भनेर आउनेहरूलाई निराश पार्दै भेट्नबाट समेत बञ्चित गराउँदै आइरहेको गुनासो छ ।

 

मन्त्री बिना मगरको सचिवालयमा अन्य सदस्यहरू रहेका भए पनि उनी बढी हाबी भएको बताइन्छ । स्रोतका अनुसार, उनले सचिवालयका आफ्नै सहकर्मीहरूमाथि समेत अभद्र र अमर्यादित शैली देखाउने गरेका छन् । पार्टीनिकट कर्मचारीलाई समेत भट्टले चिढ्याएका छन् । पार्टीनिकटका इमान्दार कर्मचारीको सरसल्लाहलाई भट्टले नसुनेपछि निकटका कर्मचारी उनीसँग रुष्ट बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...