बुहारीको मन्त्रालयमा पिएको यस्तो छ रवाफ, भनेको नमाने कुटने सम्मको धम्की



हाम्रो इकोनोमि

 

खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी विना मगरले सम्हालिरहेकी छिन् । नाताले नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी विनाको ‘पर्फरमेन्स’ पनि अन्य मन्त्रीको जस्तै औषत मात्रै छ ।

 

यस्तो बेला उनका सहयोगीहरूले उनलाई सफल बनाउने गरी सोच्नु पर्ने हो । आवश्यक सुझाव र योजना ल्याएर सघाउनु पर्ने हो । तर उनले विश्वास गरेर सचिवालयमा भित्र्याएकाहरूको कार्यशैली उनलाई सघाउनेमा भन्दा पनि  कसरी मौकाको फाइदा उठाउने र के गर्दा कमिशन आउछ भन्नेतिर बढी केन्द्रित देखिएको खबर छ । सचिवालयकै यस्तो भद्रगोल पारा देखेपछि कतिपयले मन्त्रीको छवि धुमिल हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

 

मन्त्री मगरको स्वकीय सचिवको भूमिकामा रमेश भट्ट रहेका छन् । गृह जिल्ला कञ्चनपुरका भट्टलाई मन्त्री मगरले विश्वास गरेर स्वकीय सचिवमा नियुक्ति गरेकी छिन् । तर उनको भूमिकामाथि नै कर्मचारीले प्रश्न उठाउन थालेका छन् । उनले देश र जनताको हितमा भन्दा पनि व्यक्तिगत फाइदाका विषयमा जोड दिएको भन्दै कर्मचारीहरू उनीप्रति सशंकित हुन थालेका छन् ।

 

विज्ञापन र गाडीमा आँखा 
सर्वहारा वर्गका लागि राजनीति गरेको बताउने पार्टीको स्कुलिङबाट हुर्केका  भट्टले मन्त्रालयका विभिन्न योजनादेखि विज्ञापनसम्मका काममा चासो दिन थालेका छन् । उनले खरिददेखि विज्ञापन छपाइसम्मका काम आफूनिकटकालाई दिन उर्दी नै गर्न थालेको मन्त्रालयका एकजना उपसचिवले बताए । भट्टले उनले भनेको काम गर्न शुरुमै धम्कीको भाषा प्रयोग गर्ने गरेको गुनासो पनि छ ।

 

विनाको स्वकीय सचिव बनेपछि भट्टको रवाफ कतिसम्म बढेको छ भने उनले फेरि फेरि गाडी चढ्न थालेका छन् । आफ्नो सोख पूरा गर्न उनले कर्मचारीहरूलाई दबाव नै दिने गरेको बताइन्छ । सुविधा सम्पन्न गाडी माग्ने र छैन भन्नेबित्तिकै धम्क्याउने गरेको गुनासो मन्त्रालयका एक कर्मचारीले साँघुसँग गुनासो गरे । स्वकीय सचिव भट्टको यस्तो हर्कतले सीमा नाघेपछि कर्मचारीहरू आतंकित नै बन्न पुगेका छन् ।

 

कार्यकर्ता आगो 
कर्मचारी वृत्तमा आतंक मच्चाएका भट्टसँग नेकपाका नेता–कार्यकर्तासमेत खुसी छैनन् । मन्त्री मगरलाई भेट्न पुग्ने नेता–कार्यकर्तालाई उनले रुखो व्यवहार देखाउन थालेपछि नेता–कार्यकर्तासमेत रुष्ट बन्न पुगेका हुन् । नेकपा कैलालीका एक कार्यकर्ताका अनुसार उनले अनेक बाहना बनाउँदै मन्त्री भनेर आउनेहरूलाई निराश पार्दै भेट्नबाट समेत बञ्चित गराउँदै आइरहेको गुनासो छ ।

 

मन्त्री बिना मगरको सचिवालयमा अन्य सदस्यहरू रहेका भए पनि उनी बढी हाबी भएको बताइन्छ । स्रोतका अनुसार, उनले सचिवालयका आफ्नै सहकर्मीहरूमाथि समेत अभद्र र अमर्यादित शैली देखाउने गरेका छन् । पार्टीनिकट कर्मचारीलाई समेत भट्टले चिढ्याएका छन् । पार्टीनिकटका इमान्दार कर्मचारीको सरसल्लाहलाई भट्टले नसुनेपछि निकटका कर्मचारी उनीसँग रुष्ट बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
बिदाको दिनपनि सर्वोच्चमा सुनुवाई

    सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा खुला रहने भएको छ...

रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान

  चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान...