बाबुले गरे १७ वर्षीय छोराको हत्या, भाग्न खोज्दा प्रहरी फन्दामा



हाम्रो इकोनोमि

 

बाबु–आमाका लागि आफ्ना सन्तान निकै नै प्रिय हुन्छन् । छोरा–छोरीका खुसीका लागि बाबु–आमा जस्तो सुकै दुःख–कष्ट झेल्न पनि तयार हुन्छन् ।

 

तर सबै बाबु–आमाको हकमा यो कुरा लागू हुँदोरहेनछ । कतिपय बाबुआमा आफैंले संसार देखाएको सन्तानको ज्यान लिनसमेत पछि नपर्ने रहेछन् ।

 

भक्तपुरमा एक यस्तै निर्दयी बाबु भेटिएका छन् जसले घरायसी विवादमा आफूसँगै सुतेका १७ वर्षीय छोराको क्रूर हत्या गरेका छन् ।

 

मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४० वर्षीय शिवप्रसाद पौडेलले १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन् ।

 

महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले दाउले घाँटीमा प्रहार गरेर आफूसँगै सुतेका डिल्लीरामले छोराको हत्या गरेको जानकारी दिए ।

छोराको हत्या गरी भाग्दै गरेका चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रारम्भिक अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...