नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती होइन, जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती होइन’भनेका छन् । महालेखा परीक्षकको २०७४–०७५ लेखा परीक्षण सम्बन्धी बैठकमा प्रधानमन्त्री ओलीले नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती नभएको बताएका हुन् ।

 

सिंहदरबारमा भएको बैठकमा उनले भने, ‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती होइन । तर, हामीभित्र मौलाएको महत्वकांक्षा र गलत संस्कारले भ्रष्टाचारतिर तान्यो, यो क्रमलाई अब यही बिराम लगाउनुपर्छ ।’

 

उनले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै निकायले पनि उन्मुक्ति नपाउने समेत बताए । प्रधानमन्त्री ओलीले बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने औंल्याए ।
सरकारी कार्यालयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको भन्दै प्रधानमन्त्री ओलीले, ‘के कारणले बेरुजु भएको हो ? जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो, त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्छ ।’

 

प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले समेत आर्थिक नियम कानुनभित्र बस्नुपर्ने बताए । राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भीर हुनुपर्छ, ओलीले भनेका छन् । बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक वर्ष २०७४–०७५ मा ४८ अरब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...