नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती होइन, जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती होइन’भनेका छन् । महालेखा परीक्षकको २०७४–०७५ लेखा परीक्षण सम्बन्धी बैठकमा प्रधानमन्त्री ओलीले नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती नभएको बताएका हुन् ।

 

सिंहदरबारमा भएको बैठकमा उनले भने, ‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती होइन । तर, हामीभित्र मौलाएको महत्वकांक्षा र गलत संस्कारले भ्रष्टाचारतिर तान्यो, यो क्रमलाई अब यही बिराम लगाउनुपर्छ ।’

 

उनले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै निकायले पनि उन्मुक्ति नपाउने समेत बताए । प्रधानमन्त्री ओलीले बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने औंल्याए ।
सरकारी कार्यालयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको भन्दै प्रधानमन्त्री ओलीले, ‘के कारणले बेरुजु भएको हो ? जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो, त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्छ ।’

 

प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले समेत आर्थिक नियम कानुनभित्र बस्नुपर्ने बताए । राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भीर हुनुपर्छ, ओलीले भनेका छन् । बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक वर्ष २०७४–०७५ मा ४८ अरब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...