प्रकाशमान सिंहले भने : कांग्रेस हात्ती हो, कम्युनिस्ट बोका हो



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई हात्ती र कम्युनिस्टलाई बोका भएको टिप्पणी गरेका छन् ।

 

मंगलबार नेपाली कांग्रेसले काठमाडौंमा गरेको सरकारको विरोधमा गरेको सभालाई संबोधन गर्दै उनले कम्युनिस्ट जतिसुकै ठूलो भए पनि कांग्रेसलाई भेट्न नसक्ने दावी गरे । ‘काङ्ग्रेस हात्ती हो कम्युनिस्ट बोका हो’ उनले भने ‘हात्ती दुब्लाउनु र बोका मोटाउनु एकै हुन्न ।’

 

उनले सरकारले दुई तिहाई बहुमतको भरमा जथाभावी गर्न लागेको भन्दै त्यसो नगर्न सचेत गराए । उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन समयमै बनाउन र विधिको शासन लागू गर्न र कर नबढाउन पनि सरकारलाई आग्रह गरेका छन् ।

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था भएकाले एकजनाले राजीनामा दिनुपर्ने सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...