नेपाली दूतावासको छाप र सहि किर्ते गर्ने स्काइ इन्टरनेशनल म्यानपावरमा छापा, कागजात नियन्त्रणमा, कारोबार रोक्का



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगार विभागले बसुन्धराको ग्रेट स्काई इन्टरनेशनल म्यानपावर कम्पनीमा छापा मारेको छ। युएईस्थित नेपाली दूतावासको छाप र सहि किर्ते गरेको भेटिएपछि विभागले मंगलबार छापा मारेको हो।

 

युएईस्थित नेपाली दूतावासले सोमबार आफ्नो दस्तखत र छाप नै किर्ते गरेको भन्दै विभागमा खबर गरेको थियो। विभागमा खवर आउनासाथ विभागले म्यानपावर कम्पनीको कारोबार रोक्का राखेको थियो।

 

सोमबार छापा मार्दै कागजात नियन्त्रणमा लिइएको र म्यानपावर सञ्चालकलाई झिकाइएको विभागका निर्देशक उद्धव रिजालले जानकारी दिए। विभागले सोमबार अल स्किल म्यानपावर कम्पनीमा पनि छापा मारेको थियो।

 

कुवेत जान मंगलबार कुवेत उड्न लागेका कामदारसँग बढी रकम लिएको उजुरीपछि विभागले छापा मारेर कागजात नियन्त्रमा लिएको थियो।

 

कामदारलाई भने १० हजार रुपैयाँमा मात्रै कुवेत उडाउन विभागले निर्देशन दिएको थियो। लामो समयदेखि अनुगमन र कारबाही निस्क्रिय जस्तै भएको विभागले केही दिनदेखि म्यानपावरमाथिको कारबाही बढाएको छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...