नेपाली दूतावासको छाप र सहि किर्ते गर्ने स्काइ इन्टरनेशनल म्यानपावरमा छापा, कागजात नियन्त्रणमा, कारोबार रोक्का



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगार विभागले बसुन्धराको ग्रेट स्काई इन्टरनेशनल म्यानपावर कम्पनीमा छापा मारेको छ। युएईस्थित नेपाली दूतावासको छाप र सहि किर्ते गरेको भेटिएपछि विभागले मंगलबार छापा मारेको हो।

 

युएईस्थित नेपाली दूतावासले सोमबार आफ्नो दस्तखत र छाप नै किर्ते गरेको भन्दै विभागमा खबर गरेको थियो। विभागमा खवर आउनासाथ विभागले म्यानपावर कम्पनीको कारोबार रोक्का राखेको थियो।

 

सोमबार छापा मार्दै कागजात नियन्त्रणमा लिइएको र म्यानपावर सञ्चालकलाई झिकाइएको विभागका निर्देशक उद्धव रिजालले जानकारी दिए। विभागले सोमबार अल स्किल म्यानपावर कम्पनीमा पनि छापा मारेको थियो।

 

कुवेत जान मंगलबार कुवेत उड्न लागेका कामदारसँग बढी रकम लिएको उजुरीपछि विभागले छापा मारेर कागजात नियन्त्रमा लिएको थियो।

 

कामदारलाई भने १० हजार रुपैयाँमा मात्रै कुवेत उडाउन विभागले निर्देशन दिएको थियो। लामो समयदेखि अनुगमन र कारबाही निस्क्रिय जस्तै भएको विभागले केही दिनदेखि म्यानपावरमाथिको कारबाही बढाएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...