पोखराबाट यसरी माग्यो कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले पोखराको चिप्लेढुंगामा सरकारविरुद्ध प्रर्दशन गरेको छ । पृथ्वीचोकदेखिे विरोध र्‍याली सुर गरी चिप्लेढुंगा (विपीचोक) मा आएर कोण सभा गरेको छ ।

 

जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्य बृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । नेपाली चेलीमाथि तुच्छ आरोप लगाउने कानून मन्त्री शेरबहादुर तामाङको केसमा प्रधानमन्त्री पनि जिम्मेवार भएकाले ओलीले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।

 

उनले वर्तमान ओली सरकार सर्वसत्ताबाद र अधिनायकबादतर्फ उन्मुख भएको आरोप लगाए । लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुने भएपनि वर्तमान सरकार प्रेसमाथी अनुदार भएकाले अधिनायकवादविरुद्ध पत्रकारपनि लड्नुपर्ने बताए ।

 

उनले वाइड बडी विमान खरिदमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले करोडौं भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरे । प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीले तीनै तहको सरकारले बढाएको करले उद्योग व्यवसाय धरासायी हुने चेतावनी दिए ।

 

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सर्वसत्तावादबिरुद्धको आन्दोलन सबै नेपाली जनताको भएपनि कांग्रेसले नेतृत्व मात्र गरेको बताए ।

 

गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले कांग्रेसको वर्तमान आन्दोलन सांकेतिक मात्रै भएको बताए । पूर्वकानूनमन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर थापाले सरकारले माफियालाई पोस्ने र गरीब जनताको ढाड सेक्नेगरेको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस
अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...

च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...