रामचन्द्र पौडेलको आक्रोश– रातो झन्डा ओढेपछि सबै खत माफ , केपी ओलीलाई कारवाही किन नगर्ने  ?



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारका पछिल्ला कामकारवाहीप्रति तीव्र विरोध जनाएका छन् । नेपाली कांग्रेसले मंगलबार गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारको कामकारवाहीप्रति आलोचना गरेका हुन् ।

उनले रातोझन्डा ओढेपछि सबै खत माफि हुने व्यवस्था लागु गर्न लागिएको बताए ।

 

“रातो झन्डा ओढेपछि सबै खत माफ हुन्छ रु भ्रष्टाचार गरे पनि हुन्छ । बलात्कार गरे पनि जेल जानुपर्दैन । मान्छे मारे पनि हुन्छ । हिजो लुटेका सम्पत्ति पास गराउने खेल भएको छ,” पौडेलले आक्रोश व्यक्त गर्दै भने । उनले सीमित व्यक्तिलाई धनी बनाउने प्रयास भएको भन्दै सरकारको आलोचना गरे ।

 

“संघीयता, लोकतन्त्र र गणतन्त्र कार्यान्वयनतिर यो सरकार अघि बढेको छैन,” उनले भने, “अधिकार प्रधानमन्त्रीमा केन्द्रित हुँदैछ ।” उनले प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अनुमोदन नगरे प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गरिनुपर्ने बताए ।

 

“प्रधान न्यायाधीशको कुनै दोष नै छैन । उनको पदलाई अनावश्यक धरापमा पारिँदैछ,” पौडेलले भने, “सुनुवाई समितिले अहिलेसम्म किन निर्णय गर्न नसकेको रु यतिबेला आएर विद्यापिठको भएन भनेर हुन्छ रु जागिर खाँदादेखि अहिलेसम्म कसरी त्यो सर्टिफिकेट काम लाग्यो अब काम नलाग्ने भयो रु यसो गर्दा अन्याय हुँदैन ?”

 

उनले न्यायपरिषदले के आधारमा सिफारिस गरेकोे भन्दै प्रतिप्रश्न गर्दै अनुमोदन नभए प्रधानमन्त्री, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्ने बताए । “न्यायपरिषदले सिफारिस गर्दासम्म कसरी ठिक थियो । यदि उल्ट्याउने हो भने केपी ओली, सभामुख र न्यायपरिषदका पदाधिकारीलाई कारवाही गर्नुपर्छ । न्याय परिषद् र संवैधानिक परिषदका पदाधिकारी निस्कासित हुनुपर्छ । के हेरेर सिफारिस गरियो ?”

 

उनले सभामुख र उपसभामुख एउटै पार्टीका हुन नहुने संवैधानिक व्यवस्था भए पनि अहिले पदबाट राजीनामा दिएको भन्दै पन्छिएको बताए । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको नारा लगाएको भए पनि अहिले सबैभन्दा बढी भ्रष्टाचार भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...