हेटौडा बुद्धचौकमा कांग्रेसको कार्यकर्ताले कोण सभाको विरोध गरेपछि एक व्यक्तिलाई यसरी गरे राम धुलाई



हाम्रो इकोनोमि

 

सरकारको बिरोधमा नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडमा आयोजना गरेको विरोध प्रर्दशन पछि हेटौँडाको बुद्धचौकमा भएको कोणसभाको अन्त्यमा एकाएक भीड तितरबितर भयो ।

 

भीडले एकाएक एक ब्यक्तिमाथि मुक्का बर्षाउन सुरु गर्यो । प्रहरीले जव थाहा पायो त्यतिबेलासम्म ति ब्यक्तिले राम धुलाई भेटिसकेका थिए । थि रामधुलाई भेटने ब्यक्ति थिए हेटौँडा ६ चौघडाका सन्तोष सापकोटा ।

 

कोणसभाको अन्त्यतिर कांग्रेस सभापति इन्द्रबहादुर बानीयाले बोल्ने क्रममा सापकोटाले कांग्रेसको आन्दोलन जायज नभएको भन्दै मुर्दावाद भनेपछि कार्यकर्ताहरुले उनीमाथि मुक्का वर्षाएका हुन् ।

 

उनलाई बचाउनको लागि प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । अन्त्यमा कांग्रेसको कार्यकर्ताहरु र्याली सम्मन्न गरेर फर्केपछि उनलाई प्रहरीले भ्यानमा राखेर हेटौँडा अस्पताल लगेका थिए ।

उनको आँखामा चोट लागेको छ भने अहिले हेटौँडा अस्पतालमा उपचार गराईरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...