भ्रष्टलाई ​ लुम्बिनी कोषको जिम्मा दिदा मन्त्री अधिकारी यसरी परे विवादमा



हाम्रो इकोनोमि

 

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनी विकास कोषको उपाध्यक्ष र कार्यकारी निर्देशक नियुक्ति विवादमा तानिएका छन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले कोषको उपाध्यक्षमा अवधेशप्रसाद त्रिपाठी र कार्यकारी निर्देशकमा विष्णुप्रसाद ढकाललाई नियुक्त गरेको छ । त्रिपाठीलाई यसअघि शेरबहादुर देउवा सरकारले पनि कोषमा उपाध्यक्ष बनाएको थियो ।

देउवाले नियुक्त गरेका त्रिपाठी नेकपाका लागि पनि फिट भएका छन् । कार्यकारी निर्देशक नियुक्त भएका सहसचिव ढकाल पाल्पाका प्रमुख जिल्ला अधिकारी हुन् । उनको जागिर अवधि एक ढेड महिना बाँकी छ ।

उनी निजामती सेवामा अति भ्रष्ट कर्मचारीका रुपमा चिनिन्छन् । ललितपुरको स्थानीय विकास अधिकारी९एलडीओ० हुुँदा ढकालले ढुंगा गिटी र क्रसरवालासँग मिलेर करोडौं भ्रष्टाचार गरेपछि धेरै विवादमा परेका थिए ।

क्रसरवालासँग मिलेर सरकारी वन नै सखाप पारी ढुंगागिटी उत्खनन् गर्न दिएको आरोप उनीमाथि लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेपछि उनले ठूलै रकम खर्चेर उन्मुक्ति पाएको चर्चा त्यतिबेला चलेको थियो ।

देउवा सरकार बहिर्गमनको अन्तिम अन्तिममा लुम्बिनी विकास कोषको उपाध्यक्ष र कार्यकारी निर्देशक बनाउनका लागि सूचना नै निकालिएको थियो । तर अदालतमा मुद्दा परेको बहानामा तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेले रोके ।

तत्कालीन फोरम लोकतान्त्रिकको भागमा परेको पर्यटन मन्त्रालयमा मन्त्री जितेन्द्र देव थिए । पार्टी अध्यक्ष बिजय गच्छदारले सचिव न्यौपानेलाई बोलाएर कोषको कार्यकारी निर्देशकका लागि दबाब दिए ।

तर सचिव न्यौपानेले अनेक बहाना गर्दै नियुक्ति गर्न नमानेपछि उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरियो । अनुगमन कार्यालयका सचिव कृष्णप्रसाद देवकोटालाई पर्यटनमा ल्याइएको थियो ।

पर्यटन सचिव देवकोटाले जनमत गुमाएको सरकारले भनेअनुसार नगर्ने अडान लिएपछि २०७४ फागुन २ मा पनि सचिव गोपी मैनालीलाई सरुवा गरी लुम्बिनी विकास कोषमा नियुक्ति गर्न खोजियो । तर मैनालीले पनि मानेनन् ।

अरु सचिवले पनि नमानेपछि सरकारबाट बिदा हुनु अघिल्लो दिन पनि नियुक्ति गरी करोडौं पचाउने गच्छदार र देवको सपना चकनाचूर हुन पुगेको छ । तर नेकपाको सरकारका आशालाग्दा मन्त्री अधिकारीले कांग्रेस कार्यकर्ता त्रिपाठी र सहसचिव ढकाललाई नियुक्त गरी गच्छदार पथ नै अंगालेको टिप्पणी हुन थालेको छ ।

त्रिपाठीले पहिला आरजु देउवालाई रकम बुझाएर नियुक्त भएका थिए । जीवनभर सरकारी कर्मचारीका रुपमा भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका ढकालले पनि ठूलो रकम भेटी चढाएर नियुक्त भएको चर्चा छ ।

ढकाल यसअघि रुपन्देहीको प्रमुख जिल्ला अधिकारी पनि भएकाले नेकपाका महासचिव बिष्णु पौडेलसँग पनि राम्रो सम्बन्ध छैन ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...