भ्रष्टलाई ​ लुम्बिनी कोषको जिम्मा दिदा मन्त्री अधिकारी यसरी परे विवादमा



हाम्रो इकोनोमि

 

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनी विकास कोषको उपाध्यक्ष र कार्यकारी निर्देशक नियुक्ति विवादमा तानिएका छन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले कोषको उपाध्यक्षमा अवधेशप्रसाद त्रिपाठी र कार्यकारी निर्देशकमा विष्णुप्रसाद ढकाललाई नियुक्त गरेको छ । त्रिपाठीलाई यसअघि शेरबहादुर देउवा सरकारले पनि कोषमा उपाध्यक्ष बनाएको थियो ।

देउवाले नियुक्त गरेका त्रिपाठी नेकपाका लागि पनि फिट भएका छन् । कार्यकारी निर्देशक नियुक्त भएका सहसचिव ढकाल पाल्पाका प्रमुख जिल्ला अधिकारी हुन् । उनको जागिर अवधि एक ढेड महिना बाँकी छ ।

उनी निजामती सेवामा अति भ्रष्ट कर्मचारीका रुपमा चिनिन्छन् । ललितपुरको स्थानीय विकास अधिकारी९एलडीओ० हुुँदा ढकालले ढुंगा गिटी र क्रसरवालासँग मिलेर करोडौं भ्रष्टाचार गरेपछि धेरै विवादमा परेका थिए ।

क्रसरवालासँग मिलेर सरकारी वन नै सखाप पारी ढुंगागिटी उत्खनन् गर्न दिएको आरोप उनीमाथि लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेपछि उनले ठूलै रकम खर्चेर उन्मुक्ति पाएको चर्चा त्यतिबेला चलेको थियो ।

देउवा सरकार बहिर्गमनको अन्तिम अन्तिममा लुम्बिनी विकास कोषको उपाध्यक्ष र कार्यकारी निर्देशक बनाउनका लागि सूचना नै निकालिएको थियो । तर अदालतमा मुद्दा परेको बहानामा तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेले रोके ।

तत्कालीन फोरम लोकतान्त्रिकको भागमा परेको पर्यटन मन्त्रालयमा मन्त्री जितेन्द्र देव थिए । पार्टी अध्यक्ष बिजय गच्छदारले सचिव न्यौपानेलाई बोलाएर कोषको कार्यकारी निर्देशकका लागि दबाब दिए ।

तर सचिव न्यौपानेले अनेक बहाना गर्दै नियुक्ति गर्न नमानेपछि उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरियो । अनुगमन कार्यालयका सचिव कृष्णप्रसाद देवकोटालाई पर्यटनमा ल्याइएको थियो ।

पर्यटन सचिव देवकोटाले जनमत गुमाएको सरकारले भनेअनुसार नगर्ने अडान लिएपछि २०७४ फागुन २ मा पनि सचिव गोपी मैनालीलाई सरुवा गरी लुम्बिनी विकास कोषमा नियुक्ति गर्न खोजियो । तर मैनालीले पनि मानेनन् ।

अरु सचिवले पनि नमानेपछि सरकारबाट बिदा हुनु अघिल्लो दिन पनि नियुक्ति गरी करोडौं पचाउने गच्छदार र देवको सपना चकनाचूर हुन पुगेको छ । तर नेकपाको सरकारका आशालाग्दा मन्त्री अधिकारीले कांग्रेस कार्यकर्ता त्रिपाठी र सहसचिव ढकाललाई नियुक्त गरी गच्छदार पथ नै अंगालेको टिप्पणी हुन थालेको छ ।

त्रिपाठीले पहिला आरजु देउवालाई रकम बुझाएर नियुक्त भएका थिए । जीवनभर सरकारी कर्मचारीका रुपमा भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका ढकालले पनि ठूलो रकम भेटी चढाएर नियुक्त भएको चर्चा छ ।

ढकाल यसअघि रुपन्देहीको प्रमुख जिल्ला अधिकारी पनि भएकाले नेकपाका महासचिव बिष्णु पौडेलसँग पनि राम्रो सम्बन्ध छैन ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...