चार वर्षिय छोराको हत्या गरि आमाले गरीन आत्महत्या, घटना बुझदै प्रहरी



हाम्रो इकोनोमि

 

कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका—२ कुम्भीयामा एक महिलाले छोराको हत्या गरेपछि आत्महत्या गरेकी छन्। इलाका प्रहरी कार्यालय बौनियाँका अनुसार कुम्भीयाकी २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्।

 

सोमबार अपरान्ह्र तीन बजेतिर कोठाभित्र छोरालाई पासो लगाएर झुण्डाएपछि आफू समेत झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । यद्यपी अनुसन्धान जारी रहेकाले अहिले नै सबै कुरा खुल्न नसकेको बताइएको छ । सीतादेवीका श्रीमान लालबहादुर डगौरा थारुले ढोका लगाएर झुण्डिएको अवस्थामा फेला पारेको बताएका छन्।

 

‘ठूलो पानी परिरहेको थियो। म गोठमा राँगालाई घाँस खुवाउँदै थिए,’ उनले भने, ‘एकछिन पछि कोठाभित्र जाँदा भित्रबाट बन्द गरेको थियो।बोलाउँदा समेत ढोका नखुलेपछि फोडेर हेर्दा भित्र छोरा र श्रीमती झुण्डिएको अवस्थामा फेला परे।’ उनीहरुको २०७० सालमा बिहे भएको थियो।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...