द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयरमा २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरु उपस्थिति रहनेछन्’ : शालिकराम भण्डारी, कार्यकारी निर्देशक



 

सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययनगर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाडौंस्थित डिल्ली बजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा, पर्सा, धरान, कावासोती तथा अष्ट्रेलिया स्थित सिड्नी र पर्थमा शाखा कार्यालयहरु क्रियाशील छन् । हजारौं विद्यार्थीहरुलाई अध्ययनका लागि अस्ट्रेलिया पठाई सकेको नेक्स्टले यही साउन १७ गते होटल अन्नपूर्ण काठमाडौंमा  ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ आयोजना गर्न गइरहेको सन्दर्भमा आधारित रहेर द नेक्स्ट एजुकेसन कन्सलटेन्सिका कार्यकारी निर्देशक शालिकराम भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश

 

एजुकेसन फेयरको आवश्यकता किन छ ?
वर्तमान समयमा शिक्षा प्रणालीमा ब्यापक परिर्वतनहरु भइरहेका छन् । हरेक दिन जस्तो नयाँ नयाँ एकेडेमीक कोर्षहरु प्रचलनमा आईरहेका छन् । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको छ । विगतको जस्तो एउटै कोर्ष र सेलेवसले बर्षाै धान्ने अवस्था छैन । समय क्रमसँगै विभिन्न कोर्षहरुसँग विद्यार्थीहरु अभ्यस्त बन्दै जानुपर्छ ।

 

यसका लागि ऊ निरन्तर अपडेट हुनु जरुरी छ । एजुकेसन फेयरहरुले एउटै थलोमा विद्यार्थीहरुलाई अनगिन्ती सूचना र परामर्श प्रदान गर्छ । अष्ट्रलियाकै कुरा गर्ने हो भने  त्यहाँ आवश्यकता अनुसार शैक्षिक नीति नियम र शैक्षिक विषयहरु परिवर्तन भइरहन्छन् । यस्ता कुराहरु बारे विद्यार्थीहरुलाई समय मै र एउटै थलोमा जानकारी प्रदान गर्न फेयरको आवश्यकता पर्दछ ।

 

पछिल्लो समय विदेशका विश्वविद्यालय र कलेजहरु लक्षित फेयरहरु निरन्तर भइरहेका देखिन्छन् । फेयरलाई विद्यार्थीले कसरी बुझ्ने ? फेयर के हो र कति किसिमका हुन्छन् ?
मुलभूत रुपमा दुई किसिमका एजुकेसन फेयरहरु प्रचलनमा छन् । धेरै कन्सलटेन्सिहरु मिलेर र कुनै कन्सलटेन्सि एक्लैले युनिभर्सिटी तथा कलेजहरुलाई सहभागी गराएर फेयर गर्ने गरेका छन् । धेरै कन्सलटेन्सि मिलेर गरिने फेयरमा कन्सलटेन्सिले मात्रै विद्यार्थीहरुलाई सूचना र परामर्ष प्रदान गर्ने अभ्यास छ ।

 

एउटा कन्सलटेन्सिले गर्ने फेयरमा सम्वन्धित विश्व विद्यालय र कलेजका प्रतिनिधिहरु पनि उपस्थित हुन्छन् । सम्वन्धित विश्व विद्यालयका प्रतिनिधिहरुसँग बिद्यार्थीहरुले विश्व विद्यालय र कलेजको विषयमा सोझो सोझो संवाद गर्न पाउनु भनेको ‘फस्ट हेन्ड इन्फरमेसन’ प्राप्त गर्नु हो ।

यसले तथ्यपरक सूचना प्रदान गर्छ । विद्यार्थीहरुले सम्वन्धित कलेज, विश्वविद्यालय र विषयहरुको बारेमा स्पष्ट जानकारी प्राप्त गर्छन् ।

 

द नेक्स्टले विगतमा पनि एजुकेसन फेयर गरेको थियो, विगतको अनुभव कस्तो रह्यो ?
हामीले अष्ट्रलियन एजुकेसन फेयर गर्दै आएका छौं । एउटा कन्सलटेन्सिले आयोजना गरेको फेयरमा २५ भन्दा बढी अष्ट्रेलियन कलेज तथा विश्व विद्यालयको उपस्थिती हुनु निकै सकारात्मक विषय हो । नेक्स्टले गरेको फेयरहरु, अष्ट्रेलियन कलेज तथा विश्व विद्यालयको उपस्थितिले मात्र होइन नेपाली विद्यार्थीहरुको सहभागिताका दृष्टिले समेत उच्च छ भन्ने मेरो विश्वास छ ।

 

यही साउन १७ गते द नेक्स्ट एजुकेसन कन्सलटेन्सि मार्फत होटल अन्नपूर्ण काठमाडौंमा हुन गइरहेको ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ कुन प्रकारको फेयर हो ?
यो फेयर, द नेक्ट एजुकेसन कन्सलटेन्सिको पहलमा हुन गईरहेको छ । हामीले यो फेयर आयोजना गर्नुको मुल उद्देश्य भनेको विद्यार्थीलाई सहजता होस् भन्ने नै हो ।

 

विद्यार्थीले सही इन्फरमेसन पाउन्, कुनै छात्रवृद्धिको अवसर छ भने त्यसबाट विद्यार्थीहरु नछुटुन्, आफ्नो आर्थिक सामथ्र्य अनुसारको ट्यूसनफि र कलेजहरुको छनौट गरेर अष्ट्रेलिया जान सकुन् वा अष्ट्रेलिया जाँदा वा त्यहाँ पुगि सकेपछि पनि उनीहरुले कुनै पनि समस्या झेल्नु नपरोस् भनेर हामीले फेयरको आयोजना गरेका हौं ।

द नेक्स्टले अष्ट्रेलियन एजुकेसन फेयर—२०१८ मा अष्ट्रेलियाका २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । प्रत्येक युनिभर्सिटी तथा कलेजहरुबाट प्रतिनिधिहरु आउनु हुने छ ।

 

फेयरमा अष्ट्रेलियाका कुन कुन विश्व विद्यालय र कलेजहरुको उपस्थिति रहने छ ?
फेयरमा अष्ट्रेलियाका वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफताजमानिया, साउथेन क्रस युनिभर्सिटीलगायतको उपस्थिती रहनेछ ।

 

फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि हामीले प्रिभिलेज कार्डको ब्यवस्था गरेका छौं । जुन कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आई.एल.टि.एस अध्ययन प्रोसेसिङ्गलगायतका अन्य सुविधाहरुमा भारी छुट प्राप्त गर्ने छन् । त्यसैगरी विद्यार्थीहरुलाई आकर्षक गिफ्ट ह्याम्परको पनि ब्यवस्था गरेका छौं । यसरी फेयरमा हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्र्श सँग सँगै विविध सेवा र सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

 

अष्ट्रेलियन एजुकेसनसँग सम्विन्धित परामर्श त तपाईहरुले द नेक्स्ट मार्फत हरेक दिन दिँदै आउनु भएको छ, फेयर नै किन गर्नु प¥यो ?
द नेक्स्टमा १०÷१२ जना काउन्सिलरहरु हुनु हुन्छ । उहाँहरुले हरेक दिन विद्यार्थीहरुलाई परामर्र्श दिँदै आउनु भएको पनि छ । तर, फेयरमा सम्वन्धित कलेज वायुनिभर्सिटीहरुको प्रतिनिधि आउने भएका कारण इन्फरमेसन थप प्रभावकारी हुन्छ । विद्यार्थीहरुले प्रत्यक्ष रुपमा कलेज र युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श लिन पाउँछन् । हामीले भन्नुभन्दा पनि सम्वन्धित प्रतिनिधले आफ्नो विषयमा भन्नुले कुनै पनि ‘कन्फ्यूजन’ रहँदैन ।

 

अष्ट्रेलिया जाने विद्यार्थीहरुले कुन कुन कुरामा विशेष ख्याल पु¥याउनु पर्छ ?
अष्ट्रेलिया जानु भन्दा अगाडि कुन विषयको अध्ययनले आफ्नो करिअर निर्माण हुन्छ भन्नेमा विद्यार्थी स्पष्ट हुनु जरुरी छ । करिअर अनुसारको विषय छनौट गर्न सकियो भने अष्ट्रेलिया गइसकेपछि कलेज र विषय परिवर्तन गर्नु पर्दैन । यसबाट आफूले गरेको लगानी गुमाउनु पर्दैन । आफ्नो शैक्षिक र आर्थिक सामथ्र्य अनुसारको विषय छनौट गर्न सक्नुपर्छ । आफूले छनौट गरेको विषयमा छात्रवृद्धि छ कि छैन ? कुन कुन युनिभर्सिटी र कलेजहरुले छात्रवृद्धि दिन्छन् ? यसबारेमा जानकारी लिनुपर्छ र सोही अनुसार प्रोसेस गर्नुपर्छ ।

 

विदेशी कलेज र विश्व विद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुको उच्च मागका कारण धेरै शैक्षिक परामर्श दाता कन्सलटेन्सिहरु सञ्चालनमा छन्, अष्ट्रेलिया पढ्न जाने एउटा विद्यार्थीले द नेक्स्ट नै किन रोज्ने ?
द नेक्स्ट स्थापनाको पहिलो दिनबाटै हामीहरुले विद्यार्थीहरुलाई सही, गुणस्तरिय र उसको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनौट ज्ञान प्रदानगर्दै आइरहेका छौं । हामी कहाँ आउने हरेक विद्यार्थीले सही गाईड पाउँछन् ।

 

सन् २००५ मा स्थापित द नेक्स्टले हालसम्म हजारौं विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाईसकेको छ ।  यसबाट पनि नेक्स्टको सेवा सुविधा स्पष्ट हुन्छ । अर्काेतर्फ अष्ट्रेलिया अध्ययनका लागि एकेडेमिक क्वालिफिकेसन र आई.एल.टि.एस.मात्र भएर पुग्दैन ।

 

अन्य धेरै प्रोसेसहरु पनि हुन्छन् । खासगरी विद्यार्थीको फाईनाईन्स सियलब्याग्राउण्ड र उसको शैक्षिक सामथ्र्य अनुसारको कलेज र विषय छनौट गर्नुपर्छ । हामीहरु यस विषयमा पनि विद्यार्थीलाई उचित परामर्र्श दिन्छौं ।  हामीमार्फत अष्ट्रेलिया गएको विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकोस् भन्नकालागि विद्यार्थीलाई धेरै कुरामा सजग गराउँछौं ।

 

द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ सँग सम्वन्धित रहेर सम्पूर्ण विद्यार्थीहरुलाई के भन्न चाहानु हुन्छ ?
द नेक्स्टप्रति सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले देखाउनु भएको विश्वास प्रति हामी आभारी छौं । आगामी दिनमा पनि यस्तै विश्वास कायम राख्न सफल हुन्छौं भनेर सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आश्वस्त बनाउन चाहान्छौं ।

 

द नेक्स्टले यही साउन १७ गते बिहिबार काठमाडौंको होटल अन्नपूर्णमा आयोजना गर्न गईरहेको द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ मा सहभागि भइदिनुहुन सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आह्वान गर्दछौं । यो फेयर अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि उत्कृष्ट अवसर हो ।

 

खासगरी अभिभावकहरुले आफ्ना सन्ततिको भविश्यसँग जोडिएको विषयमा सम्वन्धित कलेज र युनिभर्सिटीको प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरेर उत्कृष्ट कलेज वायुनिभर्सिटीको छनौट गर्न सक्नु हुनेछ । जसले विद्यार्थीहरुको भविश्य निर्माणमा सहयोग पु¥याउने छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति