तलव नपाएको भन्दै शिक्षकले गरे यस्तो आन्दोलन, पठनपाठन ठप्प पार्ने सम्मको चेतवानी



हाम्रो इकोनोमि

 

जुम्लाको तिला गाउँपालिकाका शिक्षकहरुले सेवा सुविधा माग गर्दै पालिकालाई ध्यानाकर्षण गराएका छन् ।

 

गाउँपालिकाका २७ विद्यालयका शिक्षकले आर्थिक वर्ष २०७४र०७५ को अन्तिम चौमासिक चैत देखि असार सम्मको तलब नपाएको भन्दै पालिकाको ध्यानाकर्षण गराएको हुन् । पाँच दिन भित्र तलब नपाए आन्दोलनका थप कार्यक्रम अघि बढाइने र पठनपाठन ठप्प पार्ने शिक्षकले चेतावनी दिएका छन् । तिला गाउँपालिकाका २७ विद्यालयका सय बढी शिक्षक छन् ।

 

शिक्षकहरुले विगत लामो समयदेखि सेवा सुविधा नपाए पनि पठनपाठन गर्न बाध्य भएका छन् भने गएको आर्थिक वर्षको अन्तिम चौमासिक तलब पनि नपाएको सिता मावि रारालिहिका प्रधानाध्यापक शिवराज पाण्डेले बताए । उनले लामो समय सम्म कर्मचारीले काम गरे बापत राज्यले तलब उपलब्ध नगराएको प्रति दुःख व्यक्त गरे । गाउँपालिकालाई छिटो छरितो तलब उपलब्ध गराउन पहल गरिदिन उनले आग्रह गरे । समयमा तलब उपलब्ध नगराए पठनपाठन ठप्प पार्ने समेत चेतावनी दिए ।

 

शिक्षक झनमाया खत्रीले भनिन् ‘एक त शिक्षकलाई चौमासिक तलब दिईन्छ, त्यही पनि समयमा उपलब्ध नहुने यसले गर्दा घरव्यवहार चलाउनका लागि निकै समस्या हुने गर्दछ । आगामी दिनमा शिक्षकलाई पनि मासिकरुपमा सेवा सुविधा उपलव्ध गराउन हामी स्थानीय सरकार देखि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गर्दछौँ ।’

 

गाउँपालिका अध्यक्ष रतननाथ योगीले संघीय सरकारबाट शिक्षक र स्वास्थ्यकर्मीको तलब भत्ता अपुग आएका हुनाले पटक पटक समस्या भोग्नु परेको बताए । उनले भने ‘अहिले शिक्षकलाई अन्तिम चौमासिकको तलव खुवाउनका लागि २८ लाख रकम अपुग भएको छ ।’ पालिकामा एक करोड ९४ लाख रकम शिक्षकको तलवका लागि छ तर २८ लाख रकम अपुग भएपछि समस्या भएको उनले बताए ।

 

शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा पटक पटक कोष तथा लेखा नियन्त्रक कार्यालय, जुम्ला मार्फत पत्रचार तथा माग गर्दा पनि संघीय सरकारबाट सुनुवाई नभएको तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताए । अन्य शिर्षकको रकमबाट कानुनतः तलवमा परिर्वतन गर्न नमिल्ने भएकोले पनि समस्या भएको उनले बताए । अब चालु आर्थिक वर्षको ०७५÷०७६ को रकम आएको छ यसबाट व्यवस्थापन गर्ने र अघिल्लो आर्थिक वर्षको अपुग रकमका लागि पहल गर्दै जाने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...