स्थायी शिक्षक माग करिब १३ हजार , आवेदन भर्नेको सङख्या दुई लाख २५ हजार



 

शिक्षक सेवा आयोगले करिब तेह्र हजार शिक्षकको माग गरेकोमा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । आयोगले झण्डै छ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो ।

आयोगले संविधानमा भएको व्यवस्थाअनुसार ७५ प्रतिशत आन्तरिकको पदपूर्तिको परीक्षा गत असार अन्तिम साता लिइसकेको छ भने बाँकी २५ प्रतिशतको खुल्लातर्फ आवेदन गर्न साउन पहिलो सातासम्म समय दिएको थियो ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७ सय ३९ दरबन्दीमा पदपूर्ती गर्न लागेको हो । आयोगका प्रशासकीय प्रमुख डा। तुलसी थपरियाका अनुसार २ लाख २५ हजारभन्दा बढीले आवेदन गरेको प्रारम्भिक अनुमान रहेको छ ।

‘विद्यमान कानुनी संरचनाका आधारमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक शिक्षकका लागि विज्ञापन गरिएको हो,’ उत्साहजनक सहभागिता देखिएको छ । उनले थपे, ‘प्राथमिक तहको हकमा छ वर्षपछि र निमावि तथा माविको तीन वर्षपछि खुल्ला विज्ञापन गरिएको हो ।’ आयोग अन्तर्गत १ लाख ७ हजार शिक्षक दरबन्दी रहेको छ ।
आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ । त्यसैगरी निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । शिक्षा शास्त्र विषय पढेर शिक्षण अध्यापन अनुमतिपत्र ९लाइसेन्स० प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न पाउँछन् । आयोगको तथ्यांकअनुसार कार्यरतसहित सात लाख जनाले लाइसेन्स प्राप्त गरेका छन् ।

आयोगले अस्थायी शिक्षकलाई आन्तरिक खुल्ला पदपूर्ति गर्नका लागि परीक्षा गत असार २९ र ३० गते लिएको थियो । उक्त परीक्षा चार पटकसम्म रोकिएको थियो । करिब २५ हजार रिक्त दरबन्दी मध्ये २२ हजार ७६ शिक्षकले परीक्षा दिएका छन् । धेरैपटक परीक्षा स्थगित भएकाले सबै तहमा परीक्षार्थी संख्या पुग्न नसकेको आयोगले जनाएको छ ।

‘पद रिक्त भएपनि माग अनुसारको प्रतिस्पर्धीको आवेदन परेन,’ आयोगका प्रशासकीय प्रमुख थपलियाले भने, ‘हामीले तिनै कोटासमेत खुल्लामा परिणत गरेका छौं ।’
‘अबको एक वर्षभित्र कुनै पनि अस्थायी शिक्षक रहने छैनन्,’ थपलियाले भने, ‘कार्यतालिकाअनुसार फागुन–चैतमा विज्ञापन हुनेछ । हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरिने छ । वार्षिक तीन हजार जनाको रिक्त पदपूर्ति हुनेछ ।’ शिक्षकको परीक्षा प्राथमिक तहमा कुनै विषय नतोकिने र निमावि देखि विषय तोकेर परीक्षा लिइने भएकाले समस्या नआउने उनको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस
सामाजिक सेवामा अग्रसर नेकपा एमाले राप्ती

    नेकपा एमाले राप्ती नगरपालिका वडा नं. ६ को आयोजनामा आज राष्ट्रिय

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

          ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारवाही गर्छौँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्नेलाई कारवाही गर्ने