नेपाल आयल निगमले काठमाडौंमा चौबिसै घण्टा खुल्ने पेट्रोल पम्प खोल्ने, अब जनताको दुःखको दिन गए



 

नेपाल आयल निगमले काठमाडौंमा २४ घण्टा खुल्ने गरी नमूना (स्मार्ट) पेट्रोल पम्प चलाउने योजना अघि सारेको छ । निगमले काठमाडौंमा २४ घण्टा नै सेवा दिने गरी पम्पहरु सञ्चालनमा नरहेको ठहर गर्दै सर्वसाधारणको सुविधा लागि नमूना पम्प सञ्चालनको योना अघि सारेको हो ।

 

आयल निगमका सञ्चालक समितिका अध्यक्ष तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले आयल निगमले उपत्यकामा हरेक समय सेवा दिने गरी पट्रोल पम्प सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले शुक्रबार भएको साधाराणसभामा पनि यसबारे जानकारी गराएका थिए ।

 

यसैगरी प्रत्यक प्रदशेमा निगमकै स्वामित्वमा एक-एक वटा नमूना पेट्रोल पम्प सञ्चालनको योजना पनि निगमले बनाएको छ । यसअघि निगमले निजी क्षेत्रलाई पनि नमूना पेट्रोल पम्प सञ्चालनका लागि प्रस्ताव मागेको थियो ।

 

जोखिम न्यूनीकरण र आधुनिकता भित्र्याउन भन्दै सरकारले शुरु गरेको नमूना पेट्रोल पम्पमा धेरै व्यवसायीले अनिच्छा प्रकट गरेका थिए ।

 

परम्परागत पम्पलाई विस्थापन गर्न भन्दै नेपाल आयल निगमले नमूना पेट्रोल पम्पको अवधारणा ल्याएको थियो । उक्त अवधारणा अनुरुप निगमले दुई पटकसम्म व्यवसायीबाट आवेदन माग गरेपनि अपेक्षित रुपमा आवेदन प्राप्त गर्न सकेको छैन भने निर्माणका लागि पनि अत्यन्तै कम व्यवसायीले मात्र स्वीकृति लिएका छन् ।

 

आयल निगमका अनुसार दुई पटक गरेर माग गरिएको आवेदनमा ९५ व्यवसायीले आवेदन बुझाएका थिए ।
नमूना पम्पका लागि काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट जम्मा ३ वटामात्र आवेदन परेको थियो ।
नमूना पम्प स्थापनाका लागि हालसम्म जम्मा १० व्यवसायीलेमात्र निगमबाट स्वीकृति लिएका छन् ।

 

नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधान नमूना पम्पका लागि निगमले तोकेको प्रक्रिया र मापदण्डमै आफूहरुको असन्तुष्टि रहेको बताउँछन् । काठमाडौं उपत्यकामा निगमले तोकेको मापदण्ड अनुसार पम्प स्थापना गर्न झण्डै ५० करोड रुपैयाँ लाग्छ ।

 

कस्तो हुन्छ ‘स्मार्ट पेट्रोल पम्प’ ?

निगमका अनुसार नमूना पम्प अत्याधुनिक सुविधासम्पन्न हुनेछन् । यस्तो पम्प हालसम्म नेपालमा छैन । नमूना पेट्रोल पम्प अत्याधुनिका सुविधा सम्पन्न हुनेछन् ।

 

नमूना पम्प विक्रीस्थलको जग्गाको क्षेत्रफल तराई तथा भित्री मधेस जिल्ला उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, दाङ र सुर्खेतको पहाडी क्षेत्रबाहेकमा एक विगाहा र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्नेछ ।

 

राजमार्ग वा अन्य सडकबाट करीव ५ सय मिटरभित्रको जग्गामा नमूना पम्पको विक्रीस्थल निर्माण गर्न पाइनेछ । उक्त बिक्रीस्थलसम्म जाने सडक १० मिटर फराकिलो हुनुपर्ने छ ।

 

विक्रीस्थलको कम्पाउण्डभित्र एप्रोच रोड, टैंक फार्म, विक्रीकक्ष, पार्किङ एरियाबाहेक सवारी साधन आवतजावतमा बाधा नपर्ने गरी हरियाली कायम हुनुपर्नेछ ।

 

बिक्रीस्थल क्षेत्रको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाएको हुनुपर्नेछ ।

 

त्यस्तै, पम्पको विक्रीकक्षमा पुरुषको हकमा न्यूनतम २ वटा शौचालयसहित युरीनरी र महिलाको हकमा न्यूनतम ४ वटा ट्वाइलेट र अपांगमैत्री १ वटा ट्वाइलेटको व्यवस्था हुनुपर्ने व्यवस्था आयल निगमले गरेको छ । नियमित विद्युत आपूर्ति बन्द भएको समयमा बत्तीको बैकल्पिक व्यवस्था गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । अग्निसुरक्षाको पनि उचित व्यवस्था पनि स्मार्ट पम्पले गर्नुपर्नेछ ।

 

निगमले तयार गरेको मापदण्डमा पम्पले एकैपटकमा ८ वटा सवारीमा तेल भर्न मिल्ने गरी व्यवस्था गर्नुपर्नेछ । एकपटकमा कम्तीमा ४ वटा पेट्रोल नोजल र ४ वटा डिजेल नोजलबाट रिफिलिङ गर्नेगरी पम्पले व्यवस्था गर्नुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय बर्गमिटरको पार्किङ क्षेत्रको व्यवस्था हुनुपर्नेछ ।

 

पम्पमा इलेक्ट्रोनिक्स कार्डबाट समेत खरीद गर्न मिल्ने व्यवथा हुनुपर्नेछ भने विक्रीस्थलमा भेन्डिङ मेसिन र किराना पसलको व्यवस्था समेत हुनुपर्नेछ । नमूना पम्पले चुस्त सुरक्षा व्यवस्थासहित २४ सै घण्टा सेवा प्रदान गर्नुपर्ने हुन्छ । पम्पभित्र रेष्टुराँ र कफिसप पनि हुनुपर्नेछ ।

न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस तथा कफिसप लगायतको व्यवस्था पनि हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति