यस्तो छ सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन



 

पेशाले कानून व्यवसायी रहेका सरोज प्याकुरेल ललितपुरको सुनाकोठी स्थित सिभिल होम्सको हाउजिङमा बस्छन् ।

अहिलेसम्म कमाएको पैसा र आफन्तबाट ऋणसमेत लिएर सिभिल होम्सको घर किनेका अधिवक्ता प्याकुरेललाई सिभिल होम्सको घर किनेदेखि चैनको निद्रा लागेको छैन ।

 

विभिन्न पत्रपत्रिका र सञ्चारका माध्यममा आकर्षक विज्ञापन दिएर हाउजिङको प्रचार गर्ने सिभिलि होम्सले घर बेचेको ९ वर्षसम्म पनि नामसारी गरेको प्रमाण पत्र उपलब्ध गराउन मानेको छैन ।

अधिवक्ता प्याकुरेल पनि घर किनेदेखि नामसारीको प्रमाण पत्रका लागि धाइरहेका छन् । तर, उनको माग पूरा भएको छैन ।

 

सिभिल होम्सकै लतिलपुरको धापाखेलस्थित हाउजिङमा घर किनेका समेन्द्र बहादुर हमालको दुःख झन ठूलो छ । सवा करोड बढी बुझाएर घर किनेका हमाललाई सिभिल होम्स् प्रालिले न त जग्गाधनी पूर्जा नै दिएको छ न त घर नामसारी नै गरिदिएको छ ।

 

‘लालपूर्जा त दिनुहोस् भनेर धाउन थालेको वर्षदिन भइसक्यो । उनीहरुले भोलि दिन्छौं मात्रै भन्छन्,’ हमालले दुखेसो पोखे, ‘उनीहरुले भन्नेगरेको भोलि अहिलेसम्म पनि आउन सकेको छैन ।’

 

घर–जग्गामा ठगी

अधिवक्ता प्याकुरेलले सुनाकोठीस्थित सिभिल होम्स्को हाउजिङमा ६ आना जग्गा र घरका लागि १ करोड २२ लाख रुपैयाँ बुझाएका थिए । तर, पछि ५ आना ३ पैसा मात्रै जग्गा पाएको अधिवक्ता प्याकुरेलले बताए ।

‘सिभिल होम्सले जग्गा खरिद गर्नुअगाडि कवूल गरेको जग्गा खरिद गरिसकेपछि दिँदैन,’ अधिवक्ता प्याकुरेलले भने, ‘घर–जग्गा खरिद गर्ने सबै ग्राहकलाई उसले कवूल गरेको जग्गामा १ देखि ३ पैसासम्म क्षेत्रफल घटाएर दिन्छ । यो त सिधै ठगी हो नि !’

 

आफन्तबाट ऋण लिएर घर किनेकाहरु नयाँ घर धितो राखेर बैंकबाट पैसा निकालेर आफन्तबाट लिएको ऋण तिर्न चाहन्छन् । तर सिभिल होम्सले घर निर्माण सम्पन्न भएको, घरको नक्सा पास भएको तथा घर हस्तान्तरण गरेको प्रमाण पत्र नदिँदा सिभिल होम्सको हाउजिङमा बसेकाहरु थप समस्या परेका छन् ।

 

‘म आफैं पनि घर बैंकमा राखेर ऋण निकाल्न चाहन्थे,’ अधिवक्ता प्याकुरेलले भने, ‘तर निर्माण सम्पन्न भएको प्रमाण पत्र र घरको नक्सा नहुँदा बैंकले ऋण दिन मानेको छैन । सिभिल होम्स प्रालिलाई यसबारे गुनासो गर्दा उनीहरुले कुनै पहल गरेका छैनन् ।’

सिभिल होम्सको हाउजिङमा घर किनेका अधिकांश साझा गुनासो छ, भनेजस्तो कुनै पनि सुविधा नपाएको  । कतिपय घरमा त वर्षात् शुरु भएपछि घरको छाना चुहिने समस्या पनि छ ।

 

मापदण्ड मिचेर घर निर्माण 

 

२०६२ सालदेखि निर्माण सुरु गरिएको सुनाकोठीस्थित सिभिल होम्स तेस्रो फेजमा काठमाडौं उपत्यका विकास प्राधिकरणले १९१ निर्माण गर्ने अनुमति दिएको थियो । तर, कम्पनीले त्यहाँ १९६ घर बनाएको छ । ती घरहरु सरकारी मापदण्ड मिचेर बनाइएका हुन् ।

 

सिभिल होम्सले आफ्नो तेस्रो फेज अन्तर्गत सुनाकोठीमा ६ लाख ८६ हजार ९ सय ७२ दशमलव ३८ बर्गफिट क्षेत्रफलमा सिभिल हाउजिङ निर्माणको अनुमति पाएको थियो । जसमध्ये ४ लाख ८२ हजार ५ सय २७ दशमलव ७१ बर्गफिटमा घर, १ लाख ३१ हजार ८ सय ७२ दशमलव २५ बर्गफिटमा सडक तथा फुटपाथ, २९ हजार ६ सय ६१ दशमलव २५ बर्गफिटमा हरियाली क्षेत्र, १ हजार ९ सय ७९ दशमलव ६८ बर्गफिटमा पार्किङ, २ हजार ९ सय बर्गफिटमा विद्यालय, १८ हजार ४ सय ८४ बर्गफिटमा क्लब हाउस र १९ हजार ५ सय ४७ वर्गफिटमा गोरेटो बाटो बनाउन अनुमति प्रदान गरिएको थियो । तर, कम्पनीले हरियाली क्षेत्र, गोरेटो बाटो, विद्यालय र पार्क बनाउनु पर्ने जग्गा मासेर घर निर्माण गरी बिक्री गरेको छ ।

 

हाउजिङ क्षेत्रभित्र निर्माण गर्नु पर्ने विद्यालयको भवन नै निर्माण गरिएन । निर्माण सम्पन्न भएर सबै घर बिक्री भइसकेपछि कम्पनीले त्यहाँ बस्ने उपभोक्ताको समुदायलाई बस्ती हस्तान्तरण गर्नु पर्ने हो । तर, कम्पनीले त्यहाँको बाटो, पार्क र हरियाली क्षेत्रको जग्गा आफ्नो भन्दै बस्ती बाहिरका व्यक्तिलाई बिक्री गरिरहेको छ ।

 

सिभिल होम्सले सुनाकोठीमा घर निर्माण गर्नुअघि स्विमिङ पुल, सामूदायिक भवन लगायतका संरचना निर्माण गरेर त्यहाँ घर किनेर घरधनीलाई सामूहिक रुपमा दिने बताएको थियो । तर अहिले स्विमिङ पुलको ठेक्का बाहिरका व्यक्तिलाई दिइएको छ ।

अधिवक्ता सरोज प्याकुरेल सिभिल होम्सले कानून मिचेर घर निर्माण गरी बिक्री गरिरहेको बताए । संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन, २०५४ मा आवास इकाइ धनीहरुको हित विपरित हुने गरि कार्य गर्न नहुुने उल्लेख गरिएको भएपनि सिभिल होम्सले त्यसको पालना नगरेको प्याकुरेलको दावी छ ।

यस विषयमा बुझ्न खोज्दा सिभिल होम्स प्रालिका प्रतिनिधिहरु सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति