अपडेट : बस दुर्टनामा मृतकको संख्या ८ पुग्यो, ६ को सनाखत (नामसहित)



हाम्रो इकोनोमि

 

मुग्लिन­ मलेखु सडकखण्डअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका ३ स्थित चुम्लिङटारमा शुक्रबार बस र ट्रक एक आपसमा ठक्कर खाँदा यात्रुवाहक बस त्रिसुलीमा खसेर भएको दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ।

मृतकमध्ये ६ जनाको सनाखत भएको छ।अन्य १७ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुर्इ महिला, पाँच पुरुष र एक बालक रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार मृत्यु भएका मध्ये ६ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा पाल्पा बेगनास कालिकाका ३२ वर्षका अर्जुन न्यौपाने, तनहुँ भानु ५ बस्ने वर्ष २७ का सुमित श्रेष्ठ, तनहुँकै २७ वर्षीय कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षीय रविन गुरुङ, तनहुँका ४० वर्षीय बाबुराम तिवारी र भारत घर भएका फिरोज मियाँ रहेका छन्।

मियाँको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते मध्ये ६ जनाको भरतपुर मेडिकल कलेजमा, चार जनाको मनकामना अस्पतालमा, एक जनाको मलेखुमा र चार जनालाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट पोखरा आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
बिहान ११:५० बजे भएको उक्त दुर्घटनापछि ट्रक सडक मै रहेको छ। ट्रक चालक भने जोगीमारा प्रहरीको नियन्त्रणमा छन्। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौंतर्फ पर्छ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...