देउवाले डेढ लाख क्रियाशील सदस्य एकलौटी आफ्नो मात्रै थपे, रामचन्द्रले भने यस्तै ताल हो भने म अर्कै पार्टी खोल्छु



 

नियमित समयमै भए कांग्रेसको १४ औं महाधिवेशन अबको २० महिनामा हुनेछ । तर, भावी नेतृत्व लिने महत्त्वाकांक्षाका साथ नेताहरू आन्तरिक रणनीतिमा अहिल्यैदेखि होमिएका छन् । सतहमा नेतृत्वबीचको टकराव दुई कित्तामा देखिन्छ ।

शेरबहादुर देउवाले डेढ लाख क्रियाशील सदस्य एकलौटी आफ्नो मात्रै थपेपछि राकचन्द्र रिसाएका छन । उनले भने यस्तै ताल हो भने म अर्कै पार्टी खोल्छु ।यसरी संघै मलाईमात्र पेल्ने भन्दै यस्तो भनेका हुन ।

 

संस्थापन पक्षको कित्तामा सभापति देउवा स्वयं छन् । भावी नेतृत्वको पूर्वाभ्यासका रूपमा उनले आफ्नो गुट क्रियाशील बनाउन थालेका छन् । उनलाई चुनौती दिन त्यहाँभित्र अर्को नेता छैनन् । अर्को कित्ताको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । तर, त्यहाँभित्र नेतृत्वको दाबी गर्ने उनी एक्ला छैनन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलादेखि महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला उनका लागि चुनौती छन् ।

 

१३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा चुनाव भयो । त्यतिबेला सिटौला देउवातिर लागे । सिटौलाकै कारण देउवा पार्टी नेतृत्वमा पुगे । तिनै सिटौला यतिबेला देउवालाई जसरी पनि नेतृत्वबाट अलग गर्नुपर्ने अभियानमा छन् । सिटौलाकै शब्दमा ‘ब्ल्याङ्क चेक’ मा हस्ताक्षर गरेर दुई वर्षसम्म पार्टी चलाउन सुम्पियो । आम निर्वाचनसम्म आइपुग्दा देउवाबाट त्यसको चरम दुरुपयोग देखे र उनी संस्थापन कित्ताबाट अलग भए ।

 

नेतृत्व कसले लिने भन्ने निक्र्योल नभए पनि देउवालाई १४ औं महाधिवेशनबाट पूर्णविराम लगाउन संस्थापनइतर पक्ष एक ठाउँमा उभिएको छ । दुई पक्षबीच नेतृत्वको यही टकरावका कारण क्रियाशील सदस्यता वितरणमा सबैको ‘अर्जुनदृष्टि’ परेको छ ।

  • क्रियाशील सदस्यता वितरणमा शीर्ष नेताहरूको चासो
  • विधि र निश्चित मापदण्डका आधारमा सदस्यता दिन माग
  • डेढ लाखभन्दा बढी सदस्य थपिँदै

 

कांग्रेसमा दुई सदस्यीय प्रणाली छ९ साधारण र क्रियाशील । पछिल्लो समय साधारण सदस्यताको अस्तित्व छैन । अहिले मुलुकभर कांग्रेसका ५ लाख क्रियाशील सदस्य छन् । १३ औं महाधिवशेनमा टुंगो नलागेका डेढ लाख सदस्य पनि १४ औं महाधिवेशनमा मतदाता बन्दै छन् । नयाँ वितरण गर्दा क्रियाशील सदस्यता अझ बढ्नेछ ।

 

विधानले महाधिवेशनको ६ महिनाअघि सदस्यता लिएकालाई मताधिकार दिएको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद मिलाउनै एक वर्ष नै बित्छ । १३ औं महाधिवेशनमा ११ महिना लागेको थियो । त्यति अवधिमा पनि करिब डेढ लाख क्रियाशील सदस्यता टुंगिएको थिएन । उनीहरू मतदानबाट वञ्चित भए । १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको बेला अब सुरु हुन लाग्यो । त्यसैले नेताहरूको ‘अर्जुनदृष्टि’ अहिले यसैमा छ । किनकि यही सदस्यता वितरणले जिल्लादेखि केन्द्रसम्मको नेतृत्व कसको पोल्टामा जाने भन्ने निर्धारण गर्छ ।

 

क्रियाशील सदस्यता किन महत्त्वपूर्ण ?
क्रियाशील सदस्य कांग्रेसका जरा हुन् । यही जरा हल्लिँदा कांग्रेस केन्द्रमा कम्पन जाने गर्छ । क्रियाशील सदस्यले प्रत्येक गाउँ र नगर कार्यसमितिका पदाधिकारीसहित क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । क्षेत्रीय प्रतिनिधि नै जिल्ला र क्षेत्र अधिवेशनका मतदाता हुन्छन् ।

 

महत्त्वपूर्ण त, उनीहरूले नै केन्द्रीय महाधिवेशनमा मताधिकार प्राप्त महाधिवेशन प्रतिनिधिकै चयन गर्छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट पार्टीको समावेशी सिद्धान्तअनुसार ११ जना महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । यिनैबाट पार्टीको केन्द्रीय नेतृत्व चयन हुन्छ । क्रियाशील सदस्य केन्द्रीय नेतृत्व चयनसँग जोडिने भएकाले नेताहरूबीच आआफ्नो गुट बलियो बनाउने रसाकस्सी यहीँबाट सुरु हुन्छ ।

 

यसरी हुन्छ विवाद 
क्रियाशील सदस्यताको फाराम केन्द्रले जिल्लामा पठाउँछ । जिल्लाले क्षेत्र र क्षेत्रले गाउँ र नगरमा पठाउनुपर्छ । सदस्यता भरिसकेपछि तल्लो निकायदेखि केन्द्रमा पठाउनुपर्छ । अन्तिम निर्णय केन्द्रले गर्छ । तर, यो विधि र प्रक्रिया केन्द्रीय नेताहरूबाटै उल्लंघन हुन्छ ।

 

आफ्नो गुटलाई बलियो बनाउन नेताहरू क्रियाशील सदस्यताबाटै झेली गर्छन् । १३ औं महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन गर्न बनेको समितिका सदस्य रामकृष्ण यादवका अनुसार केन्द्रदेखि पार्टीका तल्लो तहसम्म आआफ्नो स्वार्थमा क्रियाशील सदस्यता वितरण गर्ने होड हुन्छ । जस्तो केन्द्रीय सभापतिले जिल्लामा आफ्नो अनुकूलको नेतृत्व भएन भने सिधै आफू अनुकूलका क्षेत्र वा गाउँपालिकालाई क्रियाशील सदस्यताको फाराम दिने गर्छन् ।

 

जिल्लामा पुग्ने फाराममाथि जिल्ला सभापतिले पनि त्यस्तै झेली खेल खेल्छन् । जिल्ला सभापतिले आफू र आफ्नो गुटलाई बलियो बनाउन त्यही शैली अपनाउँछन् । यादव भन्छन्, ‘जिल्ला सभापतिले क्षेत्रीय सभापति आफ्नो अनुकूलको भए उसैमार्फत, नभए सिधै गाउँपालिकाका अध्यक्ष या विश्वासिलो पदाधिकारीलाई दिने गर्छन् । फाराम भर्दा मात्रै होइन, जिल्लाबाट पठाउँदा पनि आफ्नो प्रतिकूल सदस्यको फाराम छाँटकाँट गर्ने काम हुन्छ ।’

 

क्रियाशील सदस्यता वितरणमै शक्तिको होड चल्ने भएकाले संस्थापनइतर पक्ष बढी सशंकित छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित युवा नेताको एउटा समूहले केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव राखेर विधिसम्मत प्रक्रियाबाट क्रियाशील सदस्यता वितरण र नवीकरण गर्नुपर्ने माग गरेका छन् । ‘कांग्रेसलाई कांग्रेसकै रूपमा राख्न जो सही क्रियाशील कार्यकर्ता हुन्, तिनको सूची तयार गरी उनीहरूलाई मात्र क्रियाशील सदस्यता फाराम भर्न र नवीकरण गर्न लगाउनुपर्छ,’ पौडेलको प्रस्ताव छ ।

 

युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका युवाको समूहले भने क्रियाशील सदस्यता खुला गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् । गत चैतको केन्द्रीय कार्यसमितिको बैठकमै अनलाइनबाटै फाराम भर्न सक्ने गरी खुला गरिनुपर्ने प्रस्ताव उनीहरूले राखेका हुन् । ‘भन्दा मास बेस पार्टी भन्ने तर सदस्यता वितरण क्याडर बेसमा गर्ने रु यसलाई सच्याउनुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘पार्टीले सदस्यता लिने निश्चित सर्त बनाउनुपर्छ र त्यसलाई स्वीकार गर्नेजति सबैलाई दिने व्यवस्था गर्नुपर्छ ।’

 

यसको अर्थ सदस्य लिनासाथ सबैलाई मताधिकार हुन्छ भन्ने होइन । सुरुको चरणमा नयाँ सदस्य पार्टीको वैचारिक र सांगठनिक गतिविधिमा संलग्न हुन पाउँछन् । तर नेतृत्व चयन प्रक्रियामा उनीहरू एकैचोटि मतदाता बन्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति