माथिल्लो तामाकोशीको शेयर आवेदन काठमाडौबाटै भर्न पाउने यस्तो छ व्यवस्था



हाम्रो इकोनोमि

 

माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले दोलखावासीहरुका लागि काठमाण्डौबाट पनि सेयर आवेदन दिन पाउने व्यवस्था मिलाएको छ ।

 

दोलखाका जनप्रतिनिधि, राजनीतिक दल र माथिल्लो तामाकोशी आयोजनाका पदाधिकारीबीच बिहीवार भएको छलफलमा यस्तो निर्णय भएको हो ।

नयाँ निर्णय अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुरमा बस्दै आएका दोलखावासीले शेयर आवेदन अवधिभित्र काठमाण्डौमा तोकिएका बैँकहरुबाट शेयर भर्न पाउने भएका छन् भने दोलखाका ७४ वटै वडामा टोली खटाएर शेयर आवेदन भर्ने व्यवस्था मिलाईने भएको छ ।

 

बैँकिङ सेवा पुगिसकेका वडाहरुमा सोही बैँकमार्फत र बैँक नभएका वडाहरुमा स्थानीय प्रशासन र स्थानीय सरकारसँग समन्वय गरी टोली खटाउनेः आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठले बताए ।

 

माथिल्लो तामाकोशी आयोजनाका प्रमुख बिज्ञान प्रसाद श्रेष्ठले दोलखाका बढीभन्दा बढी नागरिकको शेयर आवेदन परोस् भन्ने उद्धेश्यले यस्तो निर्णय गरिएको बताए । यस्तै, दोलखाका ७४ वडामध्ये बैँकिङ सेवा पुगिसकेका वडाहरुमा सोही बैँकमार्फत र बैँक नभएका वडाहरुमा स्थानीय प्रशासन र स्थानीय सरकारसँग समन्वय गरी टोली खटाउने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले दोलखावासीका लागि यही साउन १६ देखि भदौ १४ सम्म १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...