माथिल्लो तामाकोशीको शेयर आवेदन काठमाडौबाटै भर्न पाउने यस्तो छ व्यवस्था



हाम्रो इकोनोमि

 

माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले दोलखावासीहरुका लागि काठमाण्डौबाट पनि सेयर आवेदन दिन पाउने व्यवस्था मिलाएको छ ।

 

दोलखाका जनप्रतिनिधि, राजनीतिक दल र माथिल्लो तामाकोशी आयोजनाका पदाधिकारीबीच बिहीवार भएको छलफलमा यस्तो निर्णय भएको हो ।

नयाँ निर्णय अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुरमा बस्दै आएका दोलखावासीले शेयर आवेदन अवधिभित्र काठमाण्डौमा तोकिएका बैँकहरुबाट शेयर भर्न पाउने भएका छन् भने दोलखाका ७४ वटै वडामा टोली खटाएर शेयर आवेदन भर्ने व्यवस्था मिलाईने भएको छ ।

 

बैँकिङ सेवा पुगिसकेका वडाहरुमा सोही बैँकमार्फत र बैँक नभएका वडाहरुमा स्थानीय प्रशासन र स्थानीय सरकारसँग समन्वय गरी टोली खटाउनेः आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठले बताए ।

 

माथिल्लो तामाकोशी आयोजनाका प्रमुख बिज्ञान प्रसाद श्रेष्ठले दोलखाका बढीभन्दा बढी नागरिकको शेयर आवेदन परोस् भन्ने उद्धेश्यले यस्तो निर्णय गरिएको बताए । यस्तै, दोलखाका ७४ वडामध्ये बैँकिङ सेवा पुगिसकेका वडाहरुमा सोही बैँकमार्फत र बैँक नभएका वडाहरुमा स्थानीय प्रशासन र स्थानीय सरकारसँग समन्वय गरी टोली खटाउने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले दोलखावासीका लागि यही साउन १६ देखि भदौ १४ सम्म १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...