कायममुकायम प्रधानन्यायाधीश जाेशीमाथि महाअभियाेग लगाउने नेकपाको तयारी, यस्तो छ कारण !



हाम्रो इकोनोमि

 

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जाेशीमाथि नेकपाले महाअभियाेग लगाउने तयारी गरेकाे छ। जोशी प्रधानन्यायाधीशमा सिफारिस भएको बारेमा आज संसदीय सुनुवाइबाट नै उनलार्इ महाअभियाेग लगाउने तयारी निर्णय गरिने स्राेतले बताएकाे छ।

 

प्रधानमन्त्री केपी अाेली निकट स्राेतका अनुसार कायम मुकायम प्रधानन्यायाधीश जाेशीकै निर्देशनमा सरकारले गरेका निर्णय उल्ट्याउने काम भइरहेकाेले उनीमाथि  महाअभियाेग लगाउने तयारी गरिएकाे हाे

 

त्यस्तै सरकार अाहिले डा. गाेविन्द केसीकाे मुद्दाले अालाेचित भइरहेकाे समयमा थप अालाेचन नखेप्न जाेशीमाथि उनकाे शैक्षिक प्रमाण पत्रमा उठेकाे कुरा र थप विषयलार्इ अाधार बनाएर  महाअभियाेग लगाउने तयारी गरिएकाे स्राेतकाे भनाइ छ ।

 

स्राेतका अनुसार गम्भीर प्रकृतिका उजुरी समेत परेकाेले उनीमाथि महाअभियाेग लगाउने निष्कर्षमा नै नेकपाका नेताहरु पुगेका छन्।नेपालपानाबाट

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...