डा केसीको अवस्था चिन्ताजनक, जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी



हाम्रो इकोनोमि

 

डा गोविन्द केसीको १५औं अनसन २६ दिन पुगिसकेकोछ। जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले सुविधा सम्पन्न अस्पतालमा ल्याउने भन्दै जुम्लाबाट उठाएको पनि ६ दिन भइसक्दा पनि डा केसीका माग सम्बोधन हुने गुञ्जायस देखिएको छ। सरकारले सुविधासम्पन्न अस्पतालमा ल्याएर राखेको भनेर ढुक्क बसिरहे पनि आजसम्म डा केसीको उपचारका लागि मेडिकल टिम नै बन्न सकेको छैन। डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन अत्यन्तै जटिल बन्दै गएको चिकित्सकहरुले जनाएका छन्।

 

डा केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पतालले एउटा मेडिकल टिम बनाएर चौबिसै घन्टा डा केसीको स्वास्थ्य स्थितिलाई निगरानी गर्नेतर्फ कुनै पहल गरेको छैन। स्वतःस्फुर्त रुपमा आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आइरहेका छन्। ुरातमा त झन् कोही पनि हुँदैन,ु डा केसीको साथमा रहँदै आएका किशोर केसीले भने।

 

यसैबीच, उपचारमा संलग्न आवासीय चिकित्सकहरुले आज पत्रकार सम्मेलन गरी डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा आफूहरुले ड्युटीको समय मिलाउँदै डा केसीको रेखदेख गरिरहेको आवासीय डाक्टरहरुले जानकारी दिएका छन्।

 

आवासीय चिकित्सकहरुका अनुसार डा केसीको स्वास्थ्य अवस्था नाजुक बनिसकेको छ। उनको सेतो रक्तकोशिका ९डब्लुबिसी० को संख्या हालसम्मकै न्यून भएको छ।

 

ुरगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नुहुनेछ,ु डा लक्ष्मण भुसालले भने, ुरगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्ने अवस्था आउन सक्छ।

 

डा केसीको रक्तचाप पनि अत्यन्त कम छ। यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने डाक्टरहरु बताउँछन्। पत्रकार सम्मेलनमा बोल्दै डा भुसालले डा केसीले बिस्तारै होस गुमाउँदै गएको बताए। उनले भने, ुहिजो भर्खर मैले आफैं बसेर सरको रगत जाँचका लागि पठाएको थिएँ, आज त्यही कुरा उहाँले बिर्सिसक्नु भएको रहेछ। केहीदिन यही अवस्था रहिरहे, दिमागमा गम्भीर असर पर्न गई अचेत हुने, छारे आउने र कोमामा जाने अवस्था आउन सक्छ।

 

चिकित्सकहरुका अनुसार यो अवस्थाको बिरामीलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ तर डा केसीले यसअघि नै आफू होसमा रहुन्जेल आइसियूमा नजाने बताइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...