वाणिज्य बैंकको निक्षेप बढ्यो, निक्षेप २४ खर्ब , लगानी २१ खर्ब



 

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा बृद्धि भएको छ । आर्थिक वर्ष ०७४र७५ को अन्त्यसम्ममा बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा जानकारी दिए ।

कार्यकारी निर्देशक शर्माका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरुले आर्थिक वर्ष ०७४र७५ मा तीन खर्ब ८३ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् ।

निक्षेपमा कुल १८।३५ प्रतिशतको बृद्धि देखिएको छ । आर्थिक वर्ष ०७३र७४ को अन्त्यसम्ममा वाणिज्य बैंकहरुले २० खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप संकलन निरन्तर बढाउँदै गएका छन् । गत आर्थिक वर्षको अन्तिम महिनामा वर्ष भरिकै सबैभन्दा बढी निक्षेप संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो सातासम्म वाणिज्य बैंकहरुमा २३ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप थियो । असारको दोस्रो, तेस्रोसहित अन्तिम सातासम्ममा पनि वाणिज्य बैंकहरुले निक्षेप बढाएका छन् ।

बैंकहरुले असारको पहिलो महिनामा संकलित २३ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेपलाई दोस्रो सातासम्म आइपुग्दा बढाएर २३ खर्ब ६९ अर्ब रुपैयाँ पुर्‍याएका थिए । पहिलो साताको तुलनामा दोस्रो साता ०।५० प्रतिशतले बैंकहरुले निक्षेप बढाएका हुन् ।

यसैगरी तेस्रो सातासम्म आइपुग्दा बैंकहरुको निक्षेपमा ०।३७ प्रतिशतले वृद्धि भइ २३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो भने चौथो सातासम्म आइपुग्दा बैंकहरुको निक्षेप ०।५३ प्रतिशतले बृद्धि भइ बैंकहरुको निक्षेप २३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको थियो ।

आर्थिक वर्षको समाप्तिको अन्तिम साता १।९७ प्रतिशतले वृद्धि भइ वर्ष भरीमा वाणिज्य बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप पुर्‍याएका छन् ।

२१ अर्बमाथि बैंकिङ लगानी

वाणिज्य बैंकहरुले निक्षेप संकलनमात्रै नभएर कर्जा लगानीसमेत बढाएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०७४र७५ को अन्त्य सम्ममा २१ खर्ब ११ अर्ब रुपैयाँ लगानी गरेको एशोसिएसनले जनाएको छ ।

एशोसिएसनका अनुसार आर्थिक वर्ष २०७३र७४ को तुलनामा बैंकहरुले आर्थिक वर्ष २०७४र७५ मा ३ खर्ब ७६ अर्ब रुपैयाँ बढी लगानी गरेका हुन् ।

लगानीमा कुल २१।६७ प्रतिशतको बृद्धि देखिएको छ । आर्थिक वर्ष ०७३र७४ को अन्त्यसम्ममा वाणिज्य बैंकहरुले १७ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

वाणिज्य बैंकहरुले गत असार महिनाको पहिलो साता २० खर्ब ६९ अर्ब रुपैयाँ लगानीमा रहेको थियो । दोस्रो सातासम्म आइपुग्दा बैंकहरुको लगानी शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएर २० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो ।

यसैगरी असारको तेस्रो साता आइपुग्दा शून्य दशमलव ४० प्रतिशत वृद्धि भई बैंकहरुको लगानी २० खर्ब ८० अर्ब रुपैयाँ पुगेको थियो भने चौथो सातासम्म आइपुग्दा शून्य दशमलव २६ प्रतिशतले बढ्दा २० खर्ब ८६ अर्ब लगानी पुगेको थियो ।

आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा भने वाणिज्य बैंकहरुको लगानी बढेर २१ खर्ब ११ अर्ब रुपैयाँ पुगेको एशोसिएसनका कार्यकारी निर्देशक शर्माले बताए ।

वजेट खर्चको प्रभाव बैंकिङ क्षेत्रमा

आर्थिक वर्षको अन्तिममा आएर वजेट खर्च गर्ने परम्परा धेरै पुरानो हो । विभिन्न क्षेत्रमा विनियोजित बजेट सकाउनका लागि आर्थिक वर्षको अन्त्यतिर हतार(हतारमा बजेट खर्च गर्ने प्रचलन छ ।

असारे विकासको प्रभाव बैंकिङ क्षेत्रमासमेत देखिएको छ । असारमा आएर बैंकको निक्षेपमा हृवात्तै बृद्धि हुनु आर्थिक वर्षको अन्त्यमा आएर वजेट खर्च हुनुको प्रभाव भएको बैंकरहरु बताउँछन् ।

वर्षेनी जसो आर्थिक वर्षको अन्तिम महिनामा बैंकमा निक्षेप राम्रो जम्मा हुने गरेको छ

 

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु