कांग्रेस लाग्यो राजतन्त्र व्युँताउने खेलमा , शेरबहादुरले भने कम्युनिष्ट शासन चल्न दिनु भन्दा राजसंस्था पुनस्थापना गर्न ठिक



 

संघीय निर्वाचन गराउदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालिरहेका थिए । तत्कालिन माओवादी केन्द्रको सथर्मनमा प्रधानमन्त्री बनेका उनि कम्युनिष्ट पार्टीविच एकता गर्ने घोषणापछि अत्तालिए ।

 

सपनामा समेत कल्पना गर्न नसकेको दृश्य विपनामै देखेपछि उनि राजनीतिक रुपमा निक्कै हडबडाए । एकता गर्ने घोषणासगै निर्वाचनमा मिलेर लड्ने बताएपछि देउवा तत्काल शक्तिको आडमा कम्युनिष्टमाथी खनिन शुरु गरेका थिए । उनको शुरुवाती मुद्धा थियो, नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर मलाई किन भन्यो भनेर रु शुरुमा उनको

 

मुखबाट यो कुरा नआएपनि आफ्नो शक्ति र पावरको दुरुपयोग गर्दै निर्वाचन आयोगमार्फत सो कुरा बाहिर निकाल्दै २४ घण्टे पूर्जी तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातमा थमाए । श्रृखला यहाबाट मात्र शुरु भएको होइन्, जब चुनावी अभियान शुरु भयो र शिर्ष नेताहरु देश दौडाहमा निस्किए, कांग्रेस एक्लो जस्तो भयो, उ एजेण्डाविहिन भयो र केही भन्ने ठाउ र विकासको एजेण्डा नै नपाएपछि देशमा अब अधिनायकवाद आउछ भन्दै कराउन थाल्यो ।
जनतालाई भ्रमित बनाउने गरी कांग्रेसले अन्य मुद्धालाई छाडेर एकल मुद्धा उठायो ।

 

जुन कुरा उसले पहिला नै थाहा पाईसकेको थियो कि अब देश कम्युनिष्टको पोल्टामा गयो, जनमत उसगै छ अब आफुहरुको सत्ता र रोजीरोटी गुम्यो भन्ने अनुमान लगाईसकेको थियो । जसको पुष्टि हो अधिनायकवादको एकल नारा । चुनाव जितेमा यो गर्छु भनेन् ।

 

हुदा हुदा कांग्रेसले निर्वाचनमा जनतालाई भ्रमित बनाउन ज्योतिषीको साहारा पनि लिन पुग्यो । तत्कालिन प्रधानमन्त्री देउवाले चुनावी अभियान मै घोषणा गरे, ज्योतिषीले मलाई ६ चोटी प्रधानमन्त्री बन्छस् भनेको छ, मलाई के को पिर रु यस्तो गैर जिम्मेवार भाषणा उनले उनकै जिल्लामा पुगेर दिए ।

 

चुनावी परिणाम ज्योतिषीको पक्षमा आएन, जनता कै पक्षमा आयो । अधिनायकवादको श्रृखलाको पहिलो अशं निर्वाचन सकिएसगै समाप्त भयो । त्यसपछि दोस्रो अंशको मञ्चन शुरु भयो । कि कम्युनिष्टलाई सत्तामा आउन नदिन विभिन्न बहानामा रोकि राख्ने ।

 

कहिले संवैधानिक वाहाना देखाउदै त कहिले निर्वाचन प्रणाली देखाउदै दुई तिहाईको लगभग करिव पुगेको जनमतको सरकार निर्माण करिव तीन महिनासम्म बनाउनै दिएन् । त्यसविचमा कांग्रेसले केही जनपक्षिय देखाउने तर ढुकुटी रित्याउने खेलमा लाग्यो ।

 

विभिन्न रोग व्याध लागेको विरामीलाई निशुल्क औषधि उपचार गराउने निर्णय गर्यो, तर नेपाली कांग्रेसको सरकार कहा चुक्यो भने दुर दराजका जनता जो सामान्य सिटामोल र जिवनजलको अभावमा मृत्यु अंगाल्न विवश छन् उनिहरुलाई बिर्सियो । लाखौ जनताका पक्षमा निर्णय नगरी केही विरामीलाई मात्र सहयोग गरे जस्तो गर्यो ।

 

दिन सक्ने भए नेपाली कांग्रेसले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा लामो समय सत्ता शासनमा वितायो । बुढाबुढीलाई भत्ता दिने हो र उनिहरुलाई त खै कुन्नी के गर्नुपर्छ ९जुन शब्द नेपाली समाजले पचाउन सक्दैन० भनेर सार्वजनिक रुपमै भन्दै हिड्यो । तर, त्यही पार्टीको सरकार अब कहिल्यै सत्तामा फर्कन नसक्ने देखेपछि वृद्धवृद्धाको उमेर पनि ७० बाट ६५ वर्षमै झारिदियो । सस्तो लोकप्रियतालाई अंगिकार गर्दै सत्ताबाट विदा भयो । त्यसपछि नेपाली कांग्रेस अधिनायकवादको तेस्रो अंशमा प्रवेश ग¥यो । यसका लागि उसलाई झण्डै साढे तीन महिना लाग्यो ।

 

प्रमुख प्रतिपक्ष बनेको कांग्रेस सरकारको शुरुवाती तीन महिना बोल्न एउटा पनि इस्यु पाएन । नेपाली राजनीतिमा जवरजस्ती ल्याइएको एउटा नियम छ, सरकारको हनिमुन अवधि । जतिवेला एउटा सरकार नौ देखी ११ महिना टिक्ने गर्दथे, त्यसबेला सरकारको सय दिने परिक्षणकाल भन्ने गरिन्थ्यो ।

 

कांग्रेसले केही इस्यु नपाएपछि उसले हनिमुन मनाउन दिने निर्णयमा पुग्न बाध्य भयो, यद्यपी केही नेताहरुले त्यसअघि नै सय दिन पनि मनाउन नदिने भन्दै हिड्न शुरु गरिसकेका थिए । सय दिनमा इस्यु नभेटेपछि नेपाली कांग्रेस यसविचमै आफ्नै आन्तरिक समस्यामा रुमल्लियो । जहा सभापति देउवा कै पद धरापमा परिसकेको अवस्थामा थियो ।

 

त्यसविचमा डा। गोविन्द केसीको अनसन शुरु भयो, नेपाली कांग्रेसलाई अधिनायकवादको अर्को श्रृखला शुरु गर्न र आन्तरिक समस्यालाई लुकाउन राम्रो इस्यु पायो । जसको सरकार हुदा ६र६ पटक अनसन बसेका केसीलाई नदेख्ने कांग्रेस विपक्षीमा हुदाँ पाच मिनेटमै देख्यो । र भन्न थाल्यो केसीका माग हाम्रा माग हुन्, उनिसग वार्ता गर्नुपर्छ भनेर कराउन थाल्यो ।

 

सरकारले वार्ता गर्न र स्वास्थ्य अवस्था बुझ्न जादा केही सेतो एप्रोन लगाएर र राजधानीबाट पठाइएका नेविसंघका कार्यकर्ताले अस्पतालको मुल गेटमा ताला लगाएर केसीलाई भेट्न दिएनन् । केसी काठमाडौं जान्छु भन्ने उनिहरु जान पाउदैनौं भन्ने खालको अवस्था समेत श्रृजना भयो ।

 

यसविचमा देउवाले प्रधानमन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसग भेटगरी केसीलाई मनाउनुहोस् हाम्रो आन्दोलन रोकिन्छ होइन भने जारी रहन्छ भन्दै आफ्नो एजेण्डा केसीमात्र भएको पुष्टि ग¥यो । राजनीतिमा एजेण्डा भएन भने गतिविधी शुन्य हुन्छ र जनताले झ्न छाड्दै जाने अवस्था बुझेपछि कांग्रेस केसीको पुच्छर समाएर बैतरर्णी तर्ने दाउमा रह्यो ।

 

तर, झट्ट हेर्दा केसीको पुच्छर समाएपनि कांग्रेसको लक्ष्य अर्को छ । उसका गतिविधिले स्पष्ट पारिसकेको छ, केसीले उठाएका मागमा झण्डा लिएर जाने र त्यसलाई कांग्रेसको रुख मुनि ल्याउने र राजनीतिक गर्ने । पहिला पहिला गाँउघरतिर उखान थियो, तेरो घरमा कांग्रेस पसोस्, अहिले केसीलाई यस्तै भएको छ, केसीको घरमा कांग्रेस पसेको छ ।

 

साथै नेपालमा पनि कांग्रेस पसेको आभास हुन थालेको छ । नेपालमा अब राजनीतिक स्थायित्व हुने देखेपछि उसले अहिले हिसात्मक आन्दोलन शुरु गरेको छ, अधिनायकवाद आयो भन्ने आडमा । के कारणले आयो भन्ने पुष्टि गर्न सफल छैन कांग्रेस तर भनिरहेको छ अधिनायकवाद आयो भनेर ।

 

नेपाली कांग्रेस अब अर्को तयारीमा छ । नेपालमा कम्युनिष्ट शासन चल्न दिनु भन्दा राजसंस्था पुनस्थापना गर्नेतिर होमिएको छ । केही दैनिक अखबारमा यसको छनक दिईसकेको छ । सम्बद्ध स्रोतका अनुसार कांग्रेसका केही शिर्ष नेता अहिले पूर्व राजपरिवारका सदस्यसग निरन्तर सम्बादमा जुटिरहेका छन् । उनिहरु देशमा आन्दोलन चर्काएर वर्तमान सरकार अपदस्थ गर्दै राजसस्था चाहे त्यो बेबी किंग वा वल्ड किंगका रुपमा फर्काउने तरखरमा जुटेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति