डा. केसीको माग सम्बोधन बारे प्रधानमन्त्री कार्यालयमा छलफल, आजै हुदैछ यस्तो सहमति



हाम्रो इकोनोमि

 

 

अनशनरत डा. गोविन्द केसीले उठाएका विषयमा छलफल गरेर टुङ्गोमा पुग्न सरकार तयार भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालय बालुवाटरमा भएको छलफलमा डा.केसीको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको हो ।

 

डा.केसीको माग बारे सहमति खोज्न गरिएको छलफलमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता सुबास नेम्वाङसहित नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बास्कोटा, माथेमा कार्यदलका संयोजक केदार भक्त माथेमा उपस्थित रहेका थिए ।

 

डा. केसीले भने अनुसार चिकित्सा शिक्षा विधेय संसदमा लाने र संसदबाटै आवश्यक विषय संसोधन गर्न सकिने बारे छलफल भएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

 

उनले भने ‘उहाँले उठाएका बिषयमा सरकार सकारात्मक हुँदै एक आपसमा परस्परको भावनाले छलफल गरे निस्कर्ष निस्कन्छ भन्ने हो । ’ अहिले नै सरकारले केसीका सबै कुरा मानेको र केसीले सरकारका सबै कुरा मानेको भने नभएकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...