डा. केसीको माग सम्बोधन बारे प्रधानमन्त्री कार्यालयमा छलफल, आजै हुदैछ यस्तो सहमति



 

 

अनशनरत डा. गोविन्द केसीले उठाएका विषयमा छलफल गरेर टुङ्गोमा पुग्न सरकार तयार भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालय बालुवाटरमा भएको छलफलमा डा.केसीको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको हो ।

 

डा.केसीको माग बारे सहमति खोज्न गरिएको छलफलमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता सुबास नेम्वाङसहित नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बास्कोटा, माथेमा कार्यदलका संयोजक केदार भक्त माथेमा उपस्थित रहेका थिए ।

 

डा. केसीले भने अनुसार चिकित्सा शिक्षा विधेय संसदमा लाने र संसदबाटै आवश्यक विषय संसोधन गर्न सकिने बारे छलफल भएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

 

उनले भने ‘उहाँले उठाएका बिषयमा सरकार सकारात्मक हुँदै एक आपसमा परस्परको भावनाले छलफल गरे निस्कर्ष निस्कन्छ भन्ने हो । ’ अहिले नै सरकारले केसीका सबै कुरा मानेको र केसीले सरकारका सबै कुरा मानेको भने नभएकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति