गोरेको हिसाब किताब गोलमाल गरेपछि सनमको यसरी भयो हत्या, सनमले नै सबै हिसाब राख्ने गरेको पुष्टि



हाम्रो इकोनोमि

 

विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’को सबै हिसाब खाताको परीक्षण सही प्रमाणित भएको छ । सनम शाक्यले राख्दै आएको हिसाब, कारोबारी लगायतलाई दिएको रकम लगायत डायरीमा भेटिएको सबै तथ्य सत्य भएको प्रमाणित भएको हो ।

 

मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार मृतक सनम शाक्यले तस्करीको हिसाबकिताब राख्ने गरेको खाताको परीक्षणबाट प्रमाणित भएको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले सुन तस्करी र सनम हत्याको अनुसन्धान गर्दै जाँदा फेला परेको डायरी र रजिस्टर परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

 

न्यायाधिवक्ता पाठकले भने, ‘‘दुवै निकायमा परीक्षण गर्दा शाक्यले नै लेखेको प्रमाणित भएको पाइयो । अनुसन्धान टोलीले अनुसन्धानका क्रममा ६ वटा खाताहरू फेला पारेको थियो । परीक्षणबाट प्राप्त प्रतिवेदन अदालतमा पेश गरेका छौं ।’’

 

अदालतले कुनै दस्तावेज प्रमाणित गर्नुपरेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाउने गर्दछ । टोलीले बरामद भएका सबै सामग्री प्रहरीको प्रयोगशालामा पनि पठाएको थियो । गोरेकै पूर्व लेखा सहयोगी सनमले बैंकमा रकम बुझाउन भरेको भौचरमा गरेको हस्ताक्षर, रजिस्टरमा गरिएको हस्ताक्षर, लेखाई र उनले पहिले लेखेका अक्षरहरू परीक्षणका लागि पठाइएको थियो ।

 

गत माघ ९ गते यूएईबाट आएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल बाहिरबाट गायब भएपछि गोरेको समूहले नै सुन लुकाएको आशंकामा फागुन १८ गते सनमको हत्या गरेको थियो ।

 

जिल्ला न्यायाधिवक्ता पाठकका अनुसार सामन्यतया लिखतको अनुसन्धान गर्दा मानिस जीवित हुँदा नयाँ लेख्न लगाएर अक्षर दाँजिने भए पनि मृत्यु भएको अवस्थामा पुरानो लेखाइकै आधारमा सुक्ष्म अनुसन्धान गरिन्छ । प्रमाणित भएको प्रयोगशालाको रिपोर्टले गोरेको कारोबार पुष्टि भएको पाठकले बताए ।

 

मोरङ प्रहरीले वैशाख १९ गते सरकारी वकिलको कार्यालय मोरङमार्फत् जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो ।

 

सुन तस्करी प्रकरणमा सरकारी वकिलको कार्यालय मोरङले तीन पटक गरी ७४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये पाँच जनामाथि अनुसन्धानका लागि म्याद थप गरी राखिएको छ भने एक जना साधारण तारेख र तीन जना धरौटीमा छुटेका छन् ।

 

सुन तस्करी प्रकरणमा पाँच प्रहरी उच्च अधिकृतसहित ३४ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । सुन तस्करीमा संलग्न मोहनकुमार अग्रवाल सहित ३६ जना अझै फरार छन् । ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा गोरेसहित सबैविरुद्ध १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ र नब्बे पैसा बराबरको विगो माग गर्दै मुद्दा दायर गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...