आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने निधिको चेतावनी, सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

 

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकको रुपमा संसदमा पेश नगरेसम्म सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने पनि स्पष्ट पारेका छन् ।

 

नेपाली जनसम्पर्क समिति युरोपको पोर्चुगलमा आयोजित कार्यक्रममा भाग लिएर मंगलबार स्वदेश फर्किएका निधीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बिहिबार बस्ने पार्टीको बैठकले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरे ।

 

उपसभापति निधिले सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमाथि बर्बरतापूर्वक दमन गरेकोमा आपत्ति जनाउँदै तत्काल बन्द गर्न पनि सचेत गराए ।

 

उपसभापति निधिले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेपाली काँग्रेसको सरकारविरुद्धको पहिलो चरणको आन्दोलनको कार्यक्रम आज सकिदैंछ ।

 

उपसभापति निधिले सरकारले आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबुहु तत्काल संसदमा पेश नगरे बिहिबार बैठक बसेर आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...