आन्दोलनमा उत्रिने डाक्टरलाई ढाड भाँच्ने र निलम्वन गर्ने सरकारको तयारी,यस्तो छ मन्त्रालयको निर्देशन



हाम्रो इकोनोमि

 

 

सरकारी अस्पतालहरुलाई कुनै पनि हालतमा सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयले  निर्देशन दिएको छ । डा गोविन्द केसीको माग पुरा गराउन भन्दै अस्पतालका आवासिय चिकित्सकहरु आन्दोलनमा उत्रिएका बेला स्वास्थ्य मन्त्रालयले कुनै पनि हालतमा अस्पतालको सेवा सुचारु राख्न निर्देशन दिएको हो ।

 

 

मन्त्रालयले उपत्यकाका प्रमुख सात वटा केन्द्रीय अस्पतालसहित अञ्चल तथा जिल्ला अस्पतालका प्रमुखहरुलाई लाई पत्र लेखि सेवा प्रवाहको बारेमा २४ घण्टा भित्र जानकारी दिन समेत निर्देशन दिएको छ ।

 

उपत्यकाका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, कान्ति बाल अस्पताल महाराजगंज ,मनसिक अस्पताल पाटन, आयुर्वेद चिकित्सालय नरदेवी लगायतलाई मन्त्रालयले स्वास्थ्य क्षेत्रको संबेदनशिलतालाई मध्यनजर गरी सेवा प्रवाहमा कुनै खालको अवरोध नगर्न पनि  निर्देशन जारी गरेको छ ।

 

गएराति मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्धारा हस्ताक्षरित चिठ्ठीमा कुनै पनि अस्पतालमा सेवा अवरोध भएको भए के कति कारणले अवरोध भएको हो भन्ने बारे खुलाएर पठाउन समेत भनिएको छ ।

 

मन्त्रालयले आफूलाई जानकारी गराउदा प्रत्येक दिनको बहिरंग सेवा, साधारण शल्यक्रिया, जटिल शल्यक्रिया, अन्तरंग विरामीसंख्या, रिफरल सेवा, आकस्मिक सेवा  कति हुन्छ त्यसबारेमा जानकारी दिन पनि निर्देशन दिएको छ ।

 

स्वास्थ्य मन्त्रालयले सेवा अवरुद्ध गरी आन्दोलनमा सम्मिलित हुने चिकित्सकलाई निलम्वन गर्ने तयारी समेत गरेको छ । आन्दोलनका नाममा चिकित्सकहरुले उपचार सेवा नै बहिस्कार गर्न थालेपछि सरकारले यो तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...