रिसाएका पोखरेली महिलाले कानुनमन्त्री तामाङको निकाले शवयात्रा, पृथ्वीचोकमा पुत्ला जलाए



हाम्रो इकोनोमि

 

कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्तिप्रति भत्सर्ना गर्दै नेपाल महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ।

 

महिलाको अस्मिता माथि धावा बोल्ने कानुनमन्त्री शेर बहादुर तामाङसँग आक्रोशित महिलाहरुले विरोधस्वरुप उनको शवयात्रा नै निकाले।

 

महिला अस्मितामाथि धावा बोल्नेलाई पदमा बस्ने कुनै अधिकार नभएको भन्दै महिलाहरुले मन्त्री तामाङलाई तुरुन्त बर्खास्त गर्न माग गरे। आक्रोशित महिलाहरुले कानुनमन्त्रीको पुत्ला समेत दहन गरे।

नेपाली  काँग्रेस कार्यालय चिप्लेढुंगाबाट निस्किएको र्याली विपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

पुत्ला दहनको बेला प्रहरीले हस्तक्षेप गर्न खोजेपनि महिलाहरुले दहन गरेरै छाडेका थिए।

 

कोणसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कानुनमन्त्रीको अभिब्यक्ति गैर जिम्मेवार भएको टिप्पणी गरे।

 

‘ दक्षता प्राप्त गर्न गएका छात्राहरुलाई घृणीत आरोप लगाउनु गम्भीर बिषय हो । त्यसमाथी मन्त्रीले नै सार्वजनिक रुपमा यस्ता अभिब्यक्ति दिनु सामान्य हैन ‘, उनले भने ‘ मन्त्री नै भएपनि गलत अभिब्यक्ति दिनेलाई कारबाही गर्नुपर्छ ।’

 

महिला संघले जिल्लाभरी गोविन्द केसीको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्ने लागेको महिला संघ पोखरा नगरकी सल्लाहकार सरस्वति गुरुङले जानकारी दिईन्।

 

‘गोविन्द केसीका माग जनपक्षीय छन् । उनको मागमा सरकार गम्भीर हुनैपर्छ, उनले भनिन, ‘ माग पूरा नभए देशब्यापी आन्दोलन चर्किन्छ । कास्कीले नेतृत्व लिन तयार छ ।’

गुरुङले सरकारले गरेका गलत कामको भण्डाफोर गर्न सबै तयार हुनुपर्ने बताईन् ।

 

कानुनमन्त्री तामाङले  बंगलादेश गएका छत्राहरुले शरीर नसुम्पी डाक्टरी सर्टिफिकेट नपाउने आपत्तीजनक अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...