पूर्वराष्ट्रपति यादवले अनशनरत केसीलाई नमस्कार गर्दै भने तपाँईमाथि ठुलो अन्याय भो



हाम्रो इकोनोमि

 

पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।  अस्पतालमा पुगेका पूर्वराष्ट्रपति यादव र अनशनरत डा. केसीले एक अर्कालाई नमस्कार गर्दै अभिवादन गरेका थिए ।

 

डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरेका थिए ।

 

जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गरेका डा केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो । पन्ध्रौँ पटक अनशन बस्नुभएका डा केसीसंग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...