पूर्वराष्ट्रपति यादवले अनशनरत केसीलाई नमस्कार गर्दै भने तपाँईमाथि ठुलो अन्याय भो



हाम्रो इकोनोमि

 

पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।  अस्पतालमा पुगेका पूर्वराष्ट्रपति यादव र अनशनरत डा. केसीले एक अर्कालाई नमस्कार गर्दै अभिवादन गरेका थिए ।

 

डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरेका थिए ।

 

जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गरेका डा केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो । पन्ध्रौँ पटक अनशन बस्नुभएका डा केसीसंग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...