टिपरको ठक्करको विरोधमा वीपी राजमार्ग बन्द, मुख्यमन्त्री डोरमणि पौडेल पनि रोकिए



 

 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मोटरसाइकल चालकको मृत्यु भएको विरोधमा स्थानीय वासिन्दाले वीपी राजमार्गको भकुण्डे खण्ड बन्द गराएका छन् ।

 

बनेपाको चारदोबाटोमा टिपरको ठक्करबाट मोटरसाइकल चालक नमोवुद्ध नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङको मृत्यु भएपछि स्थानीय वासिन्दाले काभ्रको धुलीखेलदेखि भकुण्डेसम्मको सडक बन्द गराएका हुन् ।

 

राजमार्ग बन्द हुँदा वीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आइरहेका गाडीहरु भकुण्डेमा रोकिएको छ । सडक खुलाउन प्रयास भइरहेको काभ्रेका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

 

वीपी राजमार्ग बन्द हुँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि रोकिएका छन् । सिन्धुलीमा कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनी मंगलटारमा रोकिएका हुन् । उनी इलाका प्रहरी कार्यालय मंगलटारमा बसेका छन् ।

 

बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले एउटै दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

 

दुर्घटनापछि बनेपा बजार तनाव ग्रस्त बन्यो । बा २ क ३९३४ नम्बरको टिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाईकलमा सवार नमोबुद्ध नगरपालिका खनालचोकका ५७ वर्षीय जितबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घटना भएलगत्तै आक्रोशित भीडले टिपरमा आगो लगो लगाईदिए । आक्रोशित त्यही भीडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत तोडफोड गरेको छ ।  प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो ।

 

प्रहरीले टिपर, त्यसका चालक नुवाकोट विदुर नगरपालिका–१ बस्ने २९ वर्षीय सुधन श्रेष्ठसहित  मोटरसाइकल नियन्त्रणमा लिएको छ । टिपरले मोटरसाईकल र स्कुटरलाई ठक्कर दिएका घटना लगातार घट्न थालेपछि काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन रोक लगाईएको छ ।

 

अहिले बेलुका ८ बजे पछि मात्रै टिपर चलाउन भनिएको छ । उपत्यकाको टिपर आतंक काभ्रे पुगेकोमा स्थानीयहरु आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति