छोरीहरुको अपमान गर्ने मन्त्री तामाङ र व्यापारी प्रसाईविरुद्ध उजुरी



हाम्रो इकोनोमि

 

नेपाली छोरीचेलीका बारेमा आपत्तिजनक शब्दको प्रयोग गर्ने कानुनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाई विरुद्धको आवाज बढ्दै गएको छ ।

 

बंगलादेशमा चिकित्सा शिक्षा लिने नेपाली छात्राहरुले सर्टिफिकेट पाउनका लागि कहीं न कहीं आफूलाई बेच्नैपर्छ भनेर मन्त्री तामाङले सार्वजनिक स्थलमा विवादित अभिब्यक्ति दिएका थिए । प्रसाईले पनि सोही भावनाको अभिव्यक्ति दिएका थिए ।

 

तामाङ र प्रसाईले लगाएको आपत्तिजनक आरोपका विरुद्द सोमबार दिउँसो १ बजे राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

भद्रकाली (राष्ट्रिय  वाणिज्य बैंकको भवन) अगाडि आउन आब्हान समेत गरिएको छ ।

त्यसैगरी दिउँसो १ बजे आर आर क्याम्पस अगाडि दुवै जनाको अभिव्यक्ति विरुद्धमा कार्यक्रम गर्ने जनाइएको छ ।

 

त्यस्तै सोमबार साँझ ५ बजे पोखराको बिपि चोकमा मन्त्री तामाङ र व्यवसायी प्रसाईको अभिब्यक्तिको बिरुद्धमा कार्यक्रम राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...