छोरीहरुको अपमान गर्ने मन्त्री तामाङ र व्यापारी प्रसाईविरुद्ध उजुरी



हाम्रो इकोनोमि

 

नेपाली छोरीचेलीका बारेमा आपत्तिजनक शब्दको प्रयोग गर्ने कानुनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाई विरुद्धको आवाज बढ्दै गएको छ ।

 

बंगलादेशमा चिकित्सा शिक्षा लिने नेपाली छात्राहरुले सर्टिफिकेट पाउनका लागि कहीं न कहीं आफूलाई बेच्नैपर्छ भनेर मन्त्री तामाङले सार्वजनिक स्थलमा विवादित अभिब्यक्ति दिएका थिए । प्रसाईले पनि सोही भावनाको अभिव्यक्ति दिएका थिए ।

 

तामाङ र प्रसाईले लगाएको आपत्तिजनक आरोपका विरुद्द सोमबार दिउँसो १ बजे राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

भद्रकाली (राष्ट्रिय  वाणिज्य बैंकको भवन) अगाडि आउन आब्हान समेत गरिएको छ ।

त्यसैगरी दिउँसो १ बजे आर आर क्याम्पस अगाडि दुवै जनाको अभिव्यक्ति विरुद्धमा कार्यक्रम गर्ने जनाइएको छ ।

 

त्यस्तै सोमबार साँझ ५ बजे पोखराको बिपि चोकमा मन्त्री तामाङ र व्यवसायी प्रसाईको अभिब्यक्तिको बिरुद्धमा कार्यक्रम राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...