हिमानी साउनको पहिलो सोमाबार पशुपतिको दर्शन गर्न पुगिन् , हिमानीसँग डिर्भोस गर्ने मुडमा पारस शाह



 

 

पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह सोमबार  पहिलो साउने सोमबारको अवसरमा   पशुपतिको दर्शन गर्न पुगेकी छन् । उनी केहि सहयोगी र छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथ पशुपतिको दर्शनका लागि पुगेकी हुन् ।

 

उनी पशुपतिमा पुग्दा राजावादीहरुले राजसंस्थाको समर्थनमा नाराबाजी गरेका थिए भने उनले पनि मन्दमुस्कानका साथ समर्थकहरुलाई बिदाई गरेकी थिइन् ।

हिमानी करीब ४० मिनेट पशुपतिनाथ परिसरमा बिताउँदै फर्किएकी थिइन् ।

 

हिमानीको पति पारस शाहसँग सम्बन्ध  सुमधुर नरहेको बताइन्छ ।  सार्वजनिक कार्यक्रममा हिमानी बिरलै पारसँग देखिन्छिन् ।

 

हिमानीसँग डिर्भोस गर्ने मुडमा पारस शाह,नेपालगञ्जमा परिवारसँग नबसी अर्कै होटलमा बसे

पूर्वराजपरिवारका सदस्यहरुसहित नेपालगञ्ज पुगेका पूर्व युवराज पारस शाह छुट्टै होटलमा बसेका छन्। पूर्वराजा ज्ञानेन्द्रसहित राजपरिवारका सबै सदस्य सोल्टी होटलमा बसेका छन्।

 

नेपालगञ्जमा आएपछि साँझसम्म सोल्टी होटलमा छोराछोरीसँग गफिएका पारस सुत्न भने साथीहरुसँग सिद्धार्थ होटलमा पुगेका हुन्। छोराछोरीसँग सोल्टी होटलको परिसरमा निस्केर केहीबेर गफ गरेपछि ‘बाई’ भन्दै उनीहरु सिद्धार्थतिर लागेका थिए।

 

बा १४ च २१३१ नम्बरको गाडीमा पारस सिद्धार्थमा आएर सुतेका हुन्। बिहीबार बिहान साढे दश बजे सोल्टी होटलको गेटमा पुगेका पारस फेरि फर्किएका थिए। होटलमा गेटमा पुगे पनि उनी गाडीबाट उत्रिएनन्।

 

पारस शाह नेपालगञ्ज आउँदा पनि बाइरोड भएर गाडीमा आएका थिए। गाडीबाट सिधै सोल्टी होटलमा पुगेका उनी साँझ श्री एयरलाइन्सबाट नेपालगञ्ज आएका पूर्वराजा, रानी, छोरी, नातिनातिनी केहीबेर समर्थकको ‘स्वागत’ पछि होटलमा पुगेका थिए। हिमानी भने अलिकति पहिला नै बुद्ध एयरबाट नेपालगञ्ज आएर सोल्टीमा पुगेकी थिइन्।

 

काठमाडौंमा घरपरिवारबाट छुट्टै बस्ने गरेका पारस नेपालगञ्जमा आएपछि एकै ठाउँम बस्छन् कि बस्दैनन् भन्ने चासोका साथ हेरिएको थियो।

पछिलो समय पारश शाह हिमानीसँग डिर्भोस गर्ने मुडमा रहेको बुझिएको छ । पारशमा सुधार आएपनि हिमानीले विश्वाश नगरेपछि यस्तो अबस्ता आएको बिषेश स्रोतको दाबी छ ।

 

स्रोतका अनुसार, उनी सोल्टी साँझ केहीबेर बस्दा पनि बाबु, आमा, श्रीमती र बहिनीबाट अलग भई छोरीहरुसँग मात्रै कुराकानी गरिरहेका थिए।

 

होटलमा आउने बित्तिकै पूर्वराजाले स्थानीय दिनेश विष्टसँग गफ गरिरहँदा पारस एकातिर छेउमा छोरीहरुसँग कुराकानी गरिरहेका थिए। केहीबेरपछि उनी दुई छोरीलाई लिएर बाहिर निस्केका थिए। छोरीहरुसँग हाँस्दै गफ गरेका पारस केहीबेर पछि बिदा भएर निस्केका थिए।

 

पारस आफ्नै तालले हिड्न थालेपछि यहाँका सुरक्षा अधिकारीहरु चिन्तित भएका छन्। सोल्टीबाट पारस कहाँ गए भन्ने नै धेरैबेरपछि प्रहरीले पत्ता लगाएको थियो।

 

एकथरीले २२ गते साँझ आउने गरी काठमाडौं नै फर्किएको बताइरहेका थिए। पारस बिहीबार दिनभरी पनि सोल्टीमा भन्दा बाहिरबाहिर हिडेका छन्।

 

यही २३ गते पूर्वराजा ज्ञानेन्द्रको जन्म दिन मनाउन पूर्वराजपरिवारका सदस्यहरु नेपालगञ्ज आइपुगेका छन्। यता, पूर्वराजाको जन्म दिनलाई भब्य बनाउनका लागि राजा समर्थकहरु कस्सिएर लागेका छन्। राजालाई अभिनन्दन पत्र चढाउने तयारी भएको छ।

 

नागरिक अभिनन्दन मूल समितिका संयोजक दीपकबहादुर सिंहले २३ गते राजालाई नागरिक अभिनन्दन पत्र चढाउने तयारी भएको बताए। उनले त्यस विषयमा बिहीबार बिहान पनि राजाका सचिवसँग छलफल गरेर आएका छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति