आइजीपीलाई चुनौती दिँदै तस्करसँग मिले एसपी यादब, कपिलबस्तुमा आतंक मच्चाउँदै



 

भारतसंग सीमा जोडिएका कारण सम्वेदनशील जिल्लाका रुपमा लिइने कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोज यादब विभिन्न घटनामा मुछिन थालेका छन् । यादबले कमाण्ड सम्हाले लगत्तै जिल्लाबाट गाई र गोरुको तस्करीमा वृद्धि भएको छ ।

 

कपिलबस्तु जिल्लामा यादबको इन्ट्रीसँगै तस्करहरू सलबलाउन थालेका छन् । यादब तत्कालीन समयमा डिएसपी भएर कृष्णानगरमा बसेका बेला पनि तस्करहरूलाई सहयोग गरेर सर्वसाधारणलाई दुःख दिएको भनेर आलोचना खेप्नु परेको थियो ।

 

चन्द्रनिगाहपुरमा डिएसपी भएर इलाका प्रहरी कार्यालयको इञ्चार्ज भएका बेला पनि यादबले गाई र गोरु तस्करी गरेको भन्दै समाचार सम्प्रेषण भएका थिए । यादबविरुद्ध प्रहरी हेडक्वाटरसम्म उजुरी परेको थियो ।

 

यादब कपिलबस्तुको प्रहरी प्रमुख भएसँगै गाई र गोरु तस्करीहरू खुसी हुनुका साथै तिब्र रुपमा तस्करी मौलाएको स्थानीयहरूको आरोप छ ।
केही समय अगाडि कपिलबस्तु जिल्लामा सरुवा भएर आएका एसपी यादबले युरिया मलको दुरुपयोग गर्ने सत्तारुढ दल निकटका व्यापारीहरूलाई संरक्षण गर्न थालेका छन् ।
एसपी यादबको संरक्षणमा बहादुरगञ्जमा रहेको नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीमा सरकारी अनुदानको युरिया मलखाद तस्करी हुने गरेको गरेको छ । प्लाईउड फ्याक्ट्रीमा युरिया मललाई कच्चा पदार्थका रुपमा प्रयोग गरेर सामान उत्पादन हुने गरेको छ ।

 

कपिलबस्तुका प्रहरी प्रमुख एसपी यादबले पनि नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीमा पनि तस्करीको युरिया मल प्रयोग हुने गरेको जानकारी दिए । नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीमा यसअघि पनि युरिया मल तस्करी भएको पाइएपछि स्थानीय युवाहरूले छापामारेर प्रहरीले बरामद भएका सामानहरू बुझाइ दिएका थिए ।

 

आइतबार पनि युरिया मल तस्करी भएको थाहा पाएपछि स्थानीय राकेशमणि त्रिपाठी, सुदामा यादब, महेश पासी र शशिकान्त कश्यपले फ्याक्ट्रीमा प्रवेश गरेर घटनाका बारेमा जानकारी माग गरेका थिए । जानकारी माग्दै गरेको बेला फ्याक्ट्रीका मालिक रोमन खड्काले प्रहरी बोलाएर युवाहरूलाई पक्राउ गराएको पीडितहरूको भनाइ छ ।

 

एसपी यादबले पक्राउ परेका चारजना स्थानीय युवालाई नै युरिया मल तस्करीको आरोप लगाएका छन् । तर, पक्राउ परेका युवाहरूले एउटा ट्याक्टरमा १५ बोरा युरिया मल नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीभित्र प्रवेश गरेको देखेपछि अनुदानको मल किन फ्याक्ट्रीभित्र लगेको भनेर जानकारी लिन गएको बताएका छन् ।

 

हुन त यसअघि पनि सो क्षेत्रका सांसद अभिशेष प्रताप शाहसहित स्थानीयले नेपाल–इण्डो प्लाइउड फ्याक्ट्रीमा छापामारेर सरकारी अनुदानको युरिया मलखाद बरामद गरेर प्रहरीको जिम्मा लगाई सकेका छन् । बहादुरगञ्जको नेपाल–इण्डो प्लाइउड फ्याक्ट्री बद्नामी कमाएको उद्योगको सूचीमा पर्छ । प्रहरीको सेट्रिमा फ्याक्ट्रीभित्र अबै कारोबार समेत हुने गरेको छ ।

 

धान खेतीमा प्रयोग गर्न कृषकहरूलाई रसायनिक मलखादको अभाव भएका बेला प्रहरीकै संरक्षणमा अवैध ढंगले प्लाइउड फैक्ट्रीमा युरिया मलखाद तस्करी भएको विषयले एसपी यादबमाथि ठूलो प्रश्न उठेको छ ।

 

सरकारी अनुदानको मलखाद तस्करीमा बहादुरगंजका प्रहरी नायब निरीक्षक हेम्बरप्रसाद पाण्डेको पनि संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् । प्रहरी नायब निरीक्षक पाण्डेले प्लाइउड फ्याक्ट्रीबाट मासिक रुपमा मोटो रकम बुझ्ने गरेको र एसपी यादबलाई पनि कमिशन पठाउने गरेको आरोप छ ।

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तस्कर, अपराधी र गण्डाहरूलाई संरक्षण नगर्न मातहतलाई दिएको निर्देशनलाई उल्लंघन गर्दै कपिलवस्तुका एसपी यादबले युरिया मल र गोई–गोरु तस्करहरूलाई नै संरक्षण गरेपछि प्रश्न उब्जिएको छ ।नेपालपानाबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति