जब सत्याग्रही डा गोविन्द केसी सामु आमा पुगिन् तब के भयो ?, डङ्ग्रङ्ग पल्टिएका छोरालाई देखेपछि आमा भक्कानिइन्



हाम्रो इकोनोमि

 

आफ्नो छोरोले एक छाक खाइदिएन भने आमालाई कति पीडा हुन्छ होला । तर सत्याग्रही डा गोविन्द केसीले खाना नखाएको २४ दिन भइसकेको छ ।

केसीले १५ औं पटक आमरण अनसन बन्दा त्यस्ता छाक थुप्रै छाडेका छन् । तर यसपटक उनले आमरण अनसन बसेको सबैभन्दा लामो समय भएको छ । यसअघिका दिनभन्दा यसपटक केपी शर्मा ओली नेतृत्वको सरकारले डा केसीलाई धेरै नै गलाएको छ ।

२३ औं दिन आइतबार डा केसीकी आमा मित्रकुमारी त्रिवि शिक्षण अस्पतालमा अनसनरत केसीलाई भेट्न पुगिन् । एकातिर छोरो थलिएर कमजोर भइसकेको अवस्था र अर्कातिर आमा ।

डङ्ग्रङ्ग पल्टिएका डा छोरालाई देखेपछि आमा भक्कानिइन् । आँशु झारिन् । उनीसंग भएका अरुका पनि आँखा रसाए । सन्त केसीका पनि आँखा रसाए ।

केही समयमात्र त्यहाँ रहेकी उनकी आमाले डा केसीलाई केही समय हेरिरहिन् तर धेरै समय आँखामा आँखा मिलाउन सकिनन् । डा केसी पनि गले आँशु झारिरहे ।

उनको बोली बन्द भइरहेको छ । बोल्न सकिरहेका छैनन् । त्यस्तो अवस्थामा साक्षात देवी आमाको दर्शन पाउँदा डा केसीको झन् बोली कसरी फुटोस् ।

डा केसी आन्दोलनमा होमिएपछि अब उनी समग्र नेपाल आमाका छोरा कहलिएका छन् । डा केसीकी आमासंग उनकी बहिनी र सानीआमासमेत गएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...