जब सत्याग्रही डा गोविन्द केसी सामु आमा पुगिन् तब के भयो ?, डङ्ग्रङ्ग पल्टिएका छोरालाई देखेपछि आमा भक्कानिइन्



हाम्रो इकोनोमि

 

आफ्नो छोरोले एक छाक खाइदिएन भने आमालाई कति पीडा हुन्छ होला । तर सत्याग्रही डा गोविन्द केसीले खाना नखाएको २४ दिन भइसकेको छ ।

केसीले १५ औं पटक आमरण अनसन बन्दा त्यस्ता छाक थुप्रै छाडेका छन् । तर यसपटक उनले आमरण अनसन बसेको सबैभन्दा लामो समय भएको छ । यसअघिका दिनभन्दा यसपटक केपी शर्मा ओली नेतृत्वको सरकारले डा केसीलाई धेरै नै गलाएको छ ।

२३ औं दिन आइतबार डा केसीकी आमा मित्रकुमारी त्रिवि शिक्षण अस्पतालमा अनसनरत केसीलाई भेट्न पुगिन् । एकातिर छोरो थलिएर कमजोर भइसकेको अवस्था र अर्कातिर आमा ।

डङ्ग्रङ्ग पल्टिएका डा छोरालाई देखेपछि आमा भक्कानिइन् । आँशु झारिन् । उनीसंग भएका अरुका पनि आँखा रसाए । सन्त केसीका पनि आँखा रसाए ।

केही समयमात्र त्यहाँ रहेकी उनकी आमाले डा केसीलाई केही समय हेरिरहिन् तर धेरै समय आँखामा आँखा मिलाउन सकिनन् । डा केसी पनि गले आँशु झारिरहे ।

उनको बोली बन्द भइरहेको छ । बोल्न सकिरहेका छैनन् । त्यस्तो अवस्थामा साक्षात देवी आमाको दर्शन पाउँदा डा केसीको झन् बोली कसरी फुटोस् ।

डा केसी आन्दोलनमा होमिएपछि अब उनी समग्र नेपाल आमाका छोरा कहलिएका छन् । डा केसीकी आमासंग उनकी बहिनी र सानीआमासमेत गएका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...