बिएण्डसी संचालक प्रसाईँ बिरुद्ध झापाका महिला सडकमा, भिडियो सहित



हाम्रो इकोनोमि

 

 

बिर्तामोडको विएण्डसी हस्पिटलमा नेपाल महिला संघ झापाले आइतबार कालो झण्डा गाडेका छ । एमबीबीएस पढ्न बंगलादेश जाने विद्यार्थीका बिषयमा हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिप्रति खेद जनाउदै महिलाले विरोध गरेका हुन् ।

 

प्रर्दशनमा उत्रिएका महिलाले हस्पिटलको प्रवेशद्वारामा कालो झण्डा गाडेर प्रदर्शन गरेका हुन् । उनीहरुले नेपाली नारीको अस्मितामा आँच आउने गरी प्रसाईँले तथ्यहीन कुरा बोलेको भन्दै कारबाही गर्न सरकार समक्ष माग समेत गरे ।

 

महिला संघले आइतबार नै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै प्रसाईँलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । प्रसाईँलाई कारबाही नभए कडा आन्दोलनमा जाने नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकालले बताइन् ।

 

प्रसाईँले हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्रा ९ वर्षसम्म बस्ने र त्यहाँ उनीको अस्मिता प्रोफेसरहरुले लुट्ने विवादस्पद अभिव्यक्ति दिएका थिए ।

 

सो भिडियो एक एक सार्वजनिक भएपछि महिलासंघ विरोधमा उत्रिएको हो ।  यस सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बिएण्डसी अस्पताल बिर्तामोडका निर्देश प्रसाईँलाई पक्राउ गर्ने सरकारलाई पत्र पठाउने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...