कांग्रेसले भन्योः यस्तो अभिव्यक्ति दिने कानूनमन्त्रीलाई प्रधानमन्त्रीले र्बखास्त गर्नुपछ



 

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति  नेपाली कांग्रेसले पनि बिरोध जनाएको छ ।

 

मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिले मर्माहत बनाएको भन्दै कांग्रेसले यस्ता अभिव्यक्ति रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

 

स्वयं प्रधानमन्त्रीबाट वेलावेला हलुका अभिव्यक्ति बाहिरिने गरेका बेला जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारवाही गर्ने कसले ?’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार  विज्ञप्ति प्रकाशित गरी प्रश्न गरेका छन् ।

 

विज्ञप्तिमा अघि लेखिएको छ, ‘ छोरी चेलीलाई देवीका रुपमा मान्ने हाम्रो संस्कार स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व फेरि पनि प्रधानमन्त्रीकै रहेको विषय स्मरण गराउन चाहन्छौं ।’

 

मन्त्री तामाङले गत शुक्रबार बंगलादेश पढ्न गएका नेपाली चेलीले आफूलाई त्यहाँका डाक्टरहरुलाई नसुम्पी सर्टिफिकेट नपाउने अभिव्यक्ति दिएका थिए ।

मन्त्री तामाङले अाइतबार नै विज्ञप्ति निकाली प्रष्टीकरण समेत दिएका छन् ।

कानूनमन्त्रीको स्पष्टीकरणः बंगलादेशका छात्रामाथि हिंसाजन्य घटनाका उजुरी छन्

नेपाली छात्राका समस्या उजागर गरेको हुँ, चोटप्रति माफी चाहन्छु

कानूनमन्त्री शेरबहादुर तामाङ शुक्रबार एउटा सामान्य निजी स्कुलको कार्यक्रममा सहभागी भए ।

ओली सरकारका मन्त्रीहरु आफ्नो कार्यक्षेत्र बाहिरका कार्यक्रममा कसरी अल्मलिइरहेका छन् भन्ने त यो शानदार दृष्टान्त थियो नै, तर त्यहाँ मन्त्रीले सामान्य सभ्यतालाई समेत नसुहाउने गरी नेपाली चेलीमाथि अनैतिक टिप्पणी गरे ।

 

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको मन्त्रीले कार्यक्रममा बताएपछि उनको आलोचना हुनु अस्वाभाविक थिएन । र, भयो पनि ।

 

कानून मन्त्रालयसँग कुनै साइनो सम्बन्धै नराख्ने निजी विद्यालयको कार्यक्रममा भाषण ठोक्न पुगेका मन्त्री तामाङले ‘आज म कथा खोल्छु’ ‘मार्मिक छ कथा’ भन्दै एसईई परीक्षा दिएका वालवालिकालाई यस्तो सुनाए- ‘हामी हाम्रा छोरीचेलीलाई पढ्नलाई विदेश पठाउँछौं । तर, उसले त्यहाँ आफूलाई नसुम्पिइकन सर्टिफिकेट पाउने अवस्था छैन ।’

 

मन्त्री तामाङले कार्यक्रममा भने- ‘बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ ।’

 

‘नेपाली छात्राका समस्या उजागर गरेको हुँ’

नेपाली छात्रामाथि मात्रै होइन, समग्र नेपालकै इज्जत र प्रतिष्ठामाथि आँच आउने गरी बोलेका मन्त्री तामाङले घटनाको दुई दिनपछि आइतबार प्रेस वक्तव्य जारी गरेर शुक्रबारको आफ्नो भाषणबारे थप स्पष्टीकरण दिएका छन् ।

 

आफ्नो भाषण सञ्चार माध्यममा आएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री तामाङले प्रेस वक्तव्यमा भनेका छन्- ‘विद्यार्थी भाइबहिनीहरुलाई सम्वोधन गर्ने विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चार माध्यममा सम्प्रेषण भएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ ।’

 

उक्त भाषणमा आफूले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको समस्या उजागर गरेको मन्त्रीले वक्तव्यमा दाबी गरेका छन् । उनले भनेका छन्-‘बंगलादेशमा हाल २००० भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ । ती विद्यार्थीहरुले बंगलादेशमा भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हो ।’

 

बंगलादेशमा अध्ययन गर्ने नेपाली चेलीहरुले सर्टिफिकेटका लागि आफूलाई बेचेको भाषणमा बताएका मन्त्री तामाङले आइतबारको विज्ञप्तिमा पनि त्यस्तै संकेत गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्- ‘नेपाली छात्राले बंगलादेशमा अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीका रुपमा समेत रहेका छन् ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति