सत्तारुढ दलका युवा संगठनले गरे मेडिकल कलेज राष्ट्रियकरण गर्न माग, सयुत्त प्रेस विज्ञप्ति सहित



हाम्रो इकोनोमि

 

सत्ताधारीदल (ने क पा) निकट भ्रातृ संगठनले निजी क्षेत्रबाट सञ्चालित निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न माग गरेका छन् । उनीहरुले संयुक्त वक्तव्य जारी गरेर नेपालको संविधानको प्रस्तावनाले बोलेको समाजवादउन्मुख व्यवस्थाको मर्म एवं शिक्षा एवं स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलजेहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नामामुखी ट्रष्टमा रुपान्तरण गरिनु पर्ने माग गरेका हुन् ।

 

चिकित्सा शिक्षा क्षेत्रमा देखिएको समस्यामाथि आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्कालीन माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) र अनेरास्ववियु क्रान्तिकारी र तत्कालीन एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले ९ बुँदे वक्तव्य जारी गरेका छन् ।
उनीहरुले अन्तिम तथा बुँदा ९ मा विभिन्न प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका नेम, भाईब्रेन्ट जस्ता ईन्स्टिच्युटलाई छानविन गरि कडा कारबाही गर्न भनेका छन् ।

 

विज्ञप्तिमा आधारभूत तहका जनताको जीवनसंग खेलवाड गर्दै स्वास्थ्यजस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पुर्ण रुपमा प्रतिवन्ध लगाउन माग गर्दै जनताको करवाट उठेको तलब भत्ता खाई स्वास्थ्यजस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल  कार्वाही गर्न समेत माग गरिएको छ ।

 

मुलुकमा चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्या उपर संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक, डा.गोविन्द केसिको आन्दोलन र त्यसले सृजना गरेको अन्यौलताको सन्दर्भमा नेपाल सरकार  लगायतका सवै सम्वद्ध निकायहरुलाई गम्भीर हुन समेत आग्रह गरिएको छ ।

 

विज्ञप्तिमा डा.गोविन्द केसिको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गर्न माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
नेकपाका वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश

  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटमा पहिरो गएको छ । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका...

भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको...

झापा ५ मा एमाले युवाको मार्चपास

    आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार...

पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक...