तरुण दलले जिल्ला प्रशासनलाई बुझायो तालाचाबी, ७७ जिल्लाकै प्रशासन कार्यालय घेराउ



 

नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयलाई तालाचाबी बुझाएको छ । ७७ जिल्लाकै प्रशासन कार्यालय घेराउ गरी सिक्री उपहार दिने कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारीलाई तालाचाबी बुझाएको हो ।

 

माइतीघरदेखि प्रशासन कार्यालय बबरमहलसम्म नारा, जुलुससहित तरुणदलका नेता कार्यकर्ताले कार्यालय भने घेराउ गरेनन् । प्रहरीले लगाउको निषेधाज्ञा नतोडेपछि घेराउ नगरी तालाचाबी बुझाए ।

काठमाडौं सहित दलले सबै जिल्ला प्रशासन घेराउ गरेको छ ।

गाउँलेले दुई झाँक्रीलाई कुटीकुटी मारे, घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ ।

झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो ।

गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति