बीपीले कम्युनिस्टसँग मिल्नु हुँदैन भनेको अहिले बुझ्दैछु, अब देखाईदिन्छु काँग्रेसको शक्ति देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले ‘कम्यूनिसटहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा अहिले बुझेको बताएका छन् ।

बीपी स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ । तर, हामीले अहिले मात्रै चिन्यौं । उनीहरु जनताका लागि हुँदै होइनन् ।’

देउवालले काठमाडौंको विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकोप्रति लक्षित गर्दै कम्यूनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताएका छन् ।

‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’

‘उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजका छन्,’ सभापति देउवाले अघि भने, ‘उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’

डा. गोविन्द केसीको अनसनको प्रसंग उठाउँदै उनले केसीको माग जायज भएको बताए । ‘उनको मागमा हाम्रो समर्थन छु, उनले भने, ‘उहाँलाई बचाउन हामी एकजुट हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...