प्राधिकरणमा ४३ करोड भत्ता बाँड्ने तयारी, कुलमान भन्छन किन बाँड्ने



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत प्रधिकरण नाफामा जान सुरु भए लगत्तै कर्मचारीहरुले थप सेवासुविधाको माग गर्दै दबाव दिन थालेका छन् । उनीहरुले हालै वाषिर्कोत्सवका अवसरमा एक महिना बराबरको थप तलव दिन व्यवस्थापनसँग माग गरेका हुन् ।

 

अहिले प्राधिकरणले कर्मचारीलाई ५ सय रुपैयाँ मात्रै यस्तो भत्ता दिने गरेको छ । कर्मचारीको माग पुरा गर्न प्राधिकरणले करोडौं खर्चिनुपर्छ । हाल प्राधिकरणमा १० हजार कर्मचारी छन् ।  अायोजनामा कार्यरत कर्मचारीहित सबैले एक महिनामा ४३ करोड बराकरको तलव बुझ्ने गरेको प्राधिकरणको संस्थागत वित्त विभागले जनाएको छ ।

 

निरन्तर घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३/७४बाट मात्र मुनाफामा गएको हो । कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएको वर्षमै उनले प्राधिकरणलाई सञ्चालन मुनाफामा लगेका थिए ।

 

दैनिक १९ घण्टासम्म भएको लोडसेडिङलाई पूर्ण रुपमा हटाएपछि प्राधिकरण भर्खरै तंग्रिने स्थितिमा अघि बढेको छ । यस्तो अवस्थामा प्राधिकरणको आधिकारिक ट्रेड युनियन, कर्मचारी संघले कर्मचारीको मनोबल उच्च बनाउन एक महिनाको तलव बराबरको वाषिर्कोत्सव भत्ताको रुपमा उपलब्ध गराउन माग गरेको हो ।

 

कर्मचारीहरुले घिसिङलाई ज्ञापनपत्र बुँझाउँदै व्यवस्थापनको सुझबुझुपूर्ण निर्णय र कर्मचारीहरुको अथक प्रयासका कारण प्राधिकरणका आर्थिक अवस्थामा सुधार आएको भन्दै भत्ता उपलब्ध गराउन माग गरेका हुन् ।

 

संघका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरण नाफा नरहादा यस्तो कुनै दाबव व्यवस्थापनलाई नदिएको स्मरण गराउँदै कमर्च्ारीलाई उत्प्रेरित गर्न पनि यस्तो भत्ता आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

 

प्राधिकरणमा हाल कार्यरत आधाभन्दा बढी कर्मचारी सक्रिय रुपमा काम नगरिरहेको प्राधिकरण्का एक उच्च अधिकारी बताउँछन् । प्राधिकरणमा रहेर राजनिती गर्ने र राजनितीको आडमा संस्था मै व्यापार व्यवसाय चलाउनेको संख्या पनि सानो छैन ।

 

कतिपय कार्यालयमा भन्दा बढी व्यक्तिगत काममा व्यस्त हुने गरेका छन् भने सेयर बजार र कन्सल्टेन्ट कार्यमा व्यस्त हुनेहरु पनि धेरै छन् । कतिपयले यस्ता व्यक्तिगत कामका लागि प्राधिकरण कै साधनश्रोत समेत प्रयोग गरेको पाइएको छ ।

 

ट्रेड युनियन चलाएर व्यवस्थापनमाथि सुरुवा, बढुवा र सेवासुविधा वृद्धिमा अनावश्यक दाबव दिने समूहको पनि प्राधिकरणमा पकड छ । आफ्ना कर्मचारीको सेवासुविधा हाल निजामति कर्मचारीकोभन्दा राम्रो रहेको प्राधिकरणका अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...